Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्याे

प्रतिक्षा खबर
२०७७ असार १४, आईतवार १७:५६

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ। गत २४ घण्टामा ४ सय ६३ जना भेटिएसँगै संक्रमितको संख्या १२ हजार ७ सय ७२ जना पुगेको हो।
आइतबार १ सय ५ जना महिला र ५ सय ५८ जना पुरुषसहित ४ सय ६३ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोशी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरका ६, इलामका १, मोरङका १७ र झापाका २ जना कोरोना संक्रमित भेटिएका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका एक जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १० र महोत्तरीका ५६ जना कोरोना संक्रमित पुष्टि भएका हुन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा डडेल्धुकार १, अर्घाखाँचीका ६, दार्चुलाका १, दोलखाका २, गोरखाका १, गुल्मीका १७, खोटाङका ४, रौतहटका १७, सर्लाहीका १ र सिन्धुपाल्चोकका १ जनामा कोरोन संक्रमण भएको भेटिएको छ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौंडामा गुल्मीका २० र कपिलवस्तुका २ जनामा कोरोना संक्रमण भेटिएको छ। पाटन अस्पतालको ल्याबमा धादिङ र ललितपुरका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बाजुराका ६३, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा कास्कीका ५ र नवलपरासी पूर्वका ३१ जना कोरोना संक्रमित भेटिएका छन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका २९, पर्वतका २, सल्यानका १, तनहुँका ६, लमजुङका १ र म्याग्दीका २ जनामा समेत संक्रमण पाइएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका १ जना, पाल्पाका २, प्यूठानका ३५ गुल्मीका १ जना र रुपन्देहीका १२ जना कोरोना संक्रमण पुष्टि भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ३४ जना, कपिलवस्तुका ५ जना र रोल्पाका १ जनामा कोरोना संक्रमण भेटिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाजुराका ३२ जना, रुकुम पश्चिमका १ र सल्यानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १७ जना कैलालीका र डोटीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिए।
हालसम्म ३ हजार १३ जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। प्रवक्ता डा गौतमका अनुसार देशका ७७ वटै जिल्लामा संक्रमण देखिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर