Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

महाधिवेशनको मिति तय भएपछि सक्रिय भयो लोसपा

प्रतिक्षा खबर
२०८१ भाद्र २८, शुक्रबार १७:५६

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल वैशाखमा गर्ने तय भएको पहिलो महाधिवेशनको तयारीमा जुटेको छ । हाल निष्क्रिय जस्तै रहेको लोसपाले वैशाख २६ गतेका लागि महाधिवेशनको मिति तय गरेपछि पार्टीका नेताहरू अहिले सक्रिय भएका हुन् ।

लोसपाले महाधिवेशनको मिति तय भएसँगै विभिन्न बैठकहरू पनि आयोजना गर्न थालेको छ भने कात्तिक मसान्तसम्म सदस्यता वितरण अभियान सम्पन्न गर्ने निर्णय गरेको छ ।

यसैबिच, महाधिवेशन तयारीका लागि लोसपा नेपालको मधेस प्रदेश समितिले भदौ ३१ गते बैठक बोलाएको छ । सो बैठकमा महाधिवेशन केन्द्रित छलफल हुने बताइएको छ ।

यस्तै पार्टीले महाधिवेशन तयारीका लागि विभिन्न समितिहरू बनाउने समेत तयारी गरेको छ । त्यसका लागि अध्यक्ष महन्थ ठाकुरले शीर्ष नेताहरूको बैठक समेत बोलाउन लागेको सो पार्टीका महासचिव मनिष मिश्रले बताए । महाधिवेशनअघि नै पार्टीलाई सुदृढीकरण गर्ने गरी कामकाजलाई अगाडि बढाउने गरी समितिहरू गठन गर्ने तयारी रहेको उनले बताए ।

पार्टीमा केन्द्रीय समितिका साथै कार्यकारिणी समिति छन् भने केही भ्रातृ संगठन रहेका छन् । त्यसबाहेक पार्टीमा अरू कुनै पनि संगठनहरु छैनन् । अब पार्टीले महाधिवेशनभन्दा पहिले सबै कमिटीहरू बनाउने तयारी गरेको उनको भनाइ छ ।

लोसपाका ३१ वटा भातृ तथा शुभेच्छुक संगठन रहेका छन् । त्यसमध्ये हालसम्म लोकतान्त्रिक विद्यार्थी संघ र लोकतान्त्रिक प्राध्यापक संघलाई मात्र पूर्णता दिइएको छ । अरू संगठनको बारेमा गृहकार्य भइरहेको छ ।

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरले २०७८ भदौमा लोसपा नेपाल गठन गरेका थिए । लोसपा नेपालको अन्तरिम विधान अनुसार पाँच वर्ष महाधिवेशन गर्ने गरिसक्नु पर्ने उल्लेख छ । सोही विधान अनुसार महाधिवेशनको तयारीमा लोसपा लागेको छ ।

लोसपा गठन भएको लामो समयपछि केन्द्रीय समिति २०८० असोजमा सार्वजनिक गरिएको थियो । पार्टी गठनको दुई वर्षपछि केन्द्रीय समिति सार्वजनिक भए पनि त्यो विवादरहित रहेन ।

सो केन्द्रीय समितिबाट असन्तुष्ट भएर राजेन्द्र महतो लोसपाबाट अलग भए भने अनिल झालगायतका नेताहरू पनि असन्तुष्ट थिए । लोसपाका वरिष्ठ नेता झा अहिले भने पार्टीका बैठकहरूमा आउन थालेका छन् ।

३११ सदस्यीय कार्य समितिमा ६४ जना पदाधिकारी नै रहेका छन् । ६४ जना पदाधिकारीसहितको केन्द्रीय समिति बनाएको झण्डै एक वर्ष हुन लागेको छ तर हालसम्म त्यसको कार्य विभाजन नहुँदा नेताहरू अन्योलमा देखिएका छन् । शीर्ष नेताहरूको बैठकले कार्यविभाजन पनि गर्ने बताइएको छ ।

महन्थ ठाकुर तमलोपा, राजपा, जसपा हुँदै अहिले लोसपाका अध्यक्ष रहेका हुन् । तमलोपा हुँदै विभिन्न दलसँग एकीकरण गर्दै भत्काउँदै लोसपासम्म पुगेका ठाकुर पार्टीमा सदाबहार अध्यक्ष जस्तै भएका छन् । अब आउने महाधिवेशनमा पनि उनलाई टक्कर दिने कोही पनि नदेखिएको नेताहरूको भनाइ छ ।

२०७१ मा नवलपरासीमा भएको महाधिवेशनबाट ठाकुर नै अध्यक्ष भएका थिए । त्यस यता पार्टीको महाधिवेशन भएको छैन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर