Advertisement
ताजा खबर
महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान स्वास्थ्यमन्त्रीको स्पष्टीकरण : ट्रमा सेन्टर ढल्केबरमै बन्छ विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन

नेपालमा काेराेना संक्रमितकाे संख्या ७५ पुग्याे

प्रतिक्षा खबर
२०७७ बैशाख २१, आईतवार २०:१९

प्रतीक्षा खबर
तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सम्पर्कमा रहेका १५ जनामा संक्रमणको पुष्टि भएको छ ।
मस्जिद र मदरसामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजन पठाउने ६० वर्षको व्यक्तिमा संक्रमणको पुष्टि भएको थियो । उनी वडा नम्बर ७ डीएसपी रोडका बासिन्दा हुन् । तर हरेक दिन वडा नम्बर ८ को महेन्द्रपार्क नजिकको अन्सारी मस्जिदमा आउजाउ गर्ने मौजिन ( मस्जिदमा अजान गर्ने व्यक्ति) थिए
साथै मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र जमान पढ्न सिकाउँथे ।
उनको कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य, आफन्त र महेन्द्र पार्कको मुस्लिम बस्तीका ९० जनाको थ्रोट स्वाब संकलन गरी भेरी अस्पतालस्थित पीसीसआर ल्याबमा परीक्षण गरिएको थियो । त्यसमध्ये ३० वटा नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको थियो । आइतबार साँझ नै थप ३० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।
आइतबार थपिएका कोभिड–संक्रमितमध्ये ८ पुरुष र ७ महिला छन् र उनीहरु ७ देखि ६० वर्षसम्मका छन् । संक्रमण पुष्टि भएका १५ जना शुक्रबार कोभिड–१९ पोजेटिभ पुष्टि भएका ६० वर्षीय पुरुषको सम्पर्कमा आएकाहरु रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए ।
अहिले डीएसपी रोड क्षेत्र र एकलैनी क्षेत्र सिल गरिएको छ । थपिएका संक्रमितहरुलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेनमा राखिनेछ ।
साथै उनीहरुको कन्ट्याक ट्रेसिङ गरी सम्पर्कमा रहेकाहरुको खोजी थालिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
सभार onlinekhabar

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर