Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

सप्तरीमा ९ जनाकाे स्वाब टेष्टकालागि विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईयाे

प्रतिक्षा खबर
२०७६ चैत्र २०, बिहीबार २०:३१

श्याम शुन्दर शशि

राजविराज, २० चैत्र । सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) को आशंका देखिएका ९ जनाको स्वाब टेष्टकालागि आज (विहिवार) सुनसरीको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
भारतको विभिन्न ठाँउबाट जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका ८ जना तथा गत चैत्र ४ गते फ्रान्सको विमानमा नेपाल फर्केका तिलाठी कोइलाडी गाउँपालिकाका १ गरी ९ जनाको स्वाब टेष्टकालागि पठाइएको हो । उनीहरुको स्वाब संकलन गरी पुनः क्वारेन्टाइनमा पठाइएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिएका छन् ।
उनीहरुको स्वाव परीक्षण वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झाको नेतृत्वमा नमूना संकलन गरिएको छ । अहिले ९ जनाकै अवस्था सामान्य रहेपनि स्वाब रिपोर्ट आएपछि मात्रै थप कुरा स्पष्ट हुने तथा स्वाब रिपोर्ट आउन २–३ दिन लाग्नसक्ने मेसु डा.दासले जानकारी दिए । भारतबाट आएका ८ जनालाई राजविराज नगरपालिका वडा नम्वर ४ स्थित तथा अन्य १ जनालाई साइकृष्णा अस्पतालको क्वारेन्टाइनमा राखिएको अस्पताल प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर