Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

काेराेना भाइरस(काेभिड-१९)संक्रमणबाट मृत्युु हुनेकाे संख्या १३ हजार नाघयाे

प्रतिक्षा खबर
२०७६ चैत्र ९, आईतवार ०९:२२

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार नाघेको छ ।
आइतबार बिहान साढे ६ बजेसम्मको तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १३ हजार २५ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइसका कारण इटालीमा गएको २४ घन्टामा मात्रै ७ सय ९३ जनाको मृत्यु भएको । यो संख्या एकैदिन भएको मृत्युमा अहिलेसम्मकै सबैभन्दा धेरै भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
यो सँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८ सय २५ पुगेको छ। त्यहाँ अहिलेसम्म ४२ हजार ६ सय ८१ जना संक्रमित उपचारको क्रममा छन् ।
इटालीमा कोरोना संक्रमण तिब्र गतिमा फैलिँदै गएको छ। अहिलेसम्म विश्वका १८८ देशमा कोरोना संक्रमण फैलिइसकेको छ ।
त्यसैगरी गएको २४ घन्टामा स्पेनमा २८५, अमेरिकामा ६८, इरानमा १२३, फ्रान्समा ११२, युकेमा ५६ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी अहिलेसम्म अमेरिकामा ३२४, स्पेनमा १३ सय ७८, इरानमा १५ सय ५६, फ्रान्समा ५६२, चीनमा ३२ सय ५५ जनाले ज्यान गुमाएका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ३३२ पुगेको छ। त्यहाँ ५ जनाले ज्यान गुमाइसकेका छन् ।
आइतबार बिहानसम्म कोरोनाबाट विश्वभरि ३ लाख ६८ हजार ९२ जना संक्रमित भएका छन् । गएको २४ घन्टामा कोरोनाबाट विश्वर १६ सय ३८ जनाको ज्यान गएको छ ।
विश्वभर हालसम्म ९४ हजार सात सय ९८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर