जनकपुरधाम, अषाढ ३१ गते।
समृद्धि का मुल मन्त्र शिक्षालाई आत्मसात गर्दै धनुषा जिल्ला निर्वाचन क्षेत्र नं २ को सामुदायिक विद्यालयहरुको स्तरउन्नतीको कार्य जारी रहेको छ।
शिक्षा सुधार अभियान अन्तर्गत धनुषा, शहिदनगर नगरपालिका वार्ड नं ६ हठिपुर स्थित श्री बिलट किसुन आधारभूत प्राथमिक विद्यालय हठिपुर को भवन निर्माण कार्य सम्पन्न भएको छ।
जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवको समन्वय र मधेश प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा जिर्ण अवस्थामा रहेको सो विधालयमा दुई कोठे कक्षा कोठा भवनको निर्माण कार्य सम्पन्न भएको कुरा वार्ड सदस्य रोशन यादवले बताए का छन्।
धनुषा जिल्लाको पूर्वी भाग शहिद नगर नगरपालिकाको हठिपुरमा २०१८ सालमा स्थापित प्राथमिक विद्यालयमा नर्सरी कक्षा देखि कक्षा ६ सम्म ३ सय भन्दा बढी बालबालिकाहरु ले नियमित रूपमा अध्ययन गरिरहेका छन्।
कुशल प्राधानाध्यापक राजदेव ठाकुर को सक्रियता र वार्ड अध्यक्ष उमेश निराला , विधालय व्यवस्थापन समिति का अध्यक्ष हरि प्रसाद यादव र स्थानीय अभिभावकहरुको प्रत्यक्ष सहयोग ले सो विद्यालय वातावरण मैत्री हुनका साथै नियमित रुपमा पठनपाठन समेत भैरहेको कुरा वार्ड सदस्य रोशन यादवले बताए का छन्।
सो नवनिर्मित सामुदायिक विद्यालयको कक्षा कोठामा आधुनिक कम्प्युटर प्रविधिको माध्यमबाट सिकाई थालनी गर्ने छ।










































































































