Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

मधेश प्रदेशमा बढ्दो हिंसात्मक गतिविधि रोक्न मधेशी आयोगका अध्यक्ष डा.दत्तको निर्देशन

प्रतिक्षा खबर
२०७९ असार १५, बुधबार १६:५९

मधेश प्रदेशमा बढ्दो हिंसात्मक गतिविधि रोक्न मधेशी आयोगका अध्यक्ष डा.दत्तको निर्देशन:

जनकपुरधाम, मधेश प्रदेश

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेश प्रदेशमा दिन प्रतिदिन बढ्दो हिंसात्मक एवम् गलत क्रियाकलापहरुलाई रोक्न मधेश प्रदेशका प्रहरी प्रमुख प्र.ना.म. मसउद आलम खाँ लाई निर्देशन दिनुभएको छ | मधेश प्रदेशको अनुगमनमा रहनुभएका अध्यक्ष डा.दत्तले प्रदेश प्रहरी प्रमुख आलम लाई आयोगमा सबै भन्दा धेरै उजुरी मधेश प्रदेश बाट नै आउने गरेकोले आफु र आयोग सो प्रति गम्भीर रहेको बताउदै यथाशिघ्र उचित रणनीति बनाई सो समस्याहरुलाई प्रभावकारी ढंगले समाधान गरी त्यस्ता गलत क्रियाकलापहरुलाई रोक्न आवश्यक निर्देशन दिनुभएको छ | नेपाल-भारत सिमामा बढ्दो लागूऔषधको कारोवार, महिला माथि हुने विभिन्न प्रकारका घरेलु हिँसा, जनताले न्याय पाउन् सास्ती भोग्नुपर्ने जस्ता उजुरीहरु आयोगमा आउने गरेको सो उजुरी माथि आयोगले आफ्नो तरिकाले कारवाहीको प्रक्रिया अगाडी बढाएपनि सम्बन्धित प्रदेशको प्रहरीले जनताको पीडा बुझी आवश्यक तरिकाले सो समस्याहरु समाधान गर्न तर्फ लाग्नुपर्ने अध्यक्ष डा.दत्तले बताउनुभयो | अध्यक्ष डा.दत्तले आयोगले गर्नुपर्ने सहकार्य तथा समन्वयमा कहीँ कतै कमी नआउन दिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो |

मधेश प्रदेश प्रहरी प्रमुख आलमले अध्यक्ष डा.दत्तलाई प्रदेशको समग्र वस्तुस्थितिको बारे जानकारी गराउनुभएका थिए | अध्यक्ष डा.दत्तको मधेश प्रदेशको विभिन्न ग्रामिण भेग पुगेर त्यहाँको समस्याहरु स्थलगत रुपमा बुझने कार्यक्रम रहेको अध्यक्ष दत्तको सचिवालयले जनाएको छ |

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर