Advertisement
ताजा खबर
जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार

☰

सीमामा नेपालीलाई अलपत्र छाड्ने भारतीय शैली डब्ल्यूएचओको मापदण्ड विपरीत

प्रतिक्षा खबर
२०७७ जेष्ठ १, बिहीबार ०९:०८

कोरोना परीक्षण नगराइकन भारतले नेपालीहरुलाई सीमामा अलपत्र छाडेको भन्दै रोष प्रकट गरेका छन् । उनले भारतको यो शैली डब्ल्यूएचओको मापदण्ड विपरीत भएको पनि बताएका छन् ।
बिहीबार बिहान फेसबुक पेजमा मुख्यमन्त्री पोखरेलले लेखेका छन्, ‘विनापरीक्षण नेपालीलाई सीमामा अलपत्र छोड्ने भारतीय शैली डब्लुएचओको मापदण्ड विपरीत छ । संक्रमितलाई असुरक्षित यात्रा गराउन मिल्दैन ।’
हाल भारतले अलपत्र मजदुरहरुलाई उनीहरुको घर पठाउने नाममा बिभिन्न शहरहरुबाट मानिसहरु ओसारिरहेको छ । धेरै नेपालीहरुलाई सीमा क्षेत्रमा ल्याएर छाडिएको छ । तर नेपाल सरकारले भने भारतीय नागरिकहरुलाई नेपालमै सुरक्षित रुपमा राखेर कोरोना परीक्षण र उपचार गराउँदै आएको छ ।
सीमा क्षेत्रमा छाडिएका कतिपय श्रमिकहरु सुरक्षाकर्मीको आँखा छलेर रातिको समयमा नेपालमा भित्रिएका छन् । भारतमा लुकिछिपी नेपाल आएका धेरैजसो व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणम समुदायमा फैलिइसकेको छ । बिहीबार बिहानसम्म नेपालमा २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणको जोखिमका कारण अन्तर्राष्ट्रिय सिमाना बन्द गरिएकाले अहिले धेरै श्रमिकहरु नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर