Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

सर्लाहीमा ट्रकको ठक्करबाट मृत्यु भएपछि पूर्व-पश्चिम राजमार्ग गरे अवरुद्ध

प्रतिक्षा खबर
२०७६ फाल्गुन २०, मंगलवार १७:३०

सर्लाही, फागुन २० गते ।
बन्दना झा
सर्लाहीमा ट्रकको ठक्करबाट एक युवाको मृत्यु भएपछि स्थानीय बासिले पुर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
सर्लाहीको हरिवन नगरपालिका-४ सासापुर गणेश चौकमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध स्थानीय बसिन्दाले गरेका हुन् ।
मंगलबार मध्यान्हदेखि सासापुरस्थित पूर्व-राजमार्ग ठप्प भएको सर्लाही प्रहरीले जनाएको छ ।
प्रहरीले यातायात व्यवसायीलाई मंगलवार बिहान छलफलमा बोलाएर मृतकका परिवारलाई कानुन बमोजिमको राहत रकम उपलब्ध गराउने र घटनाको अनुसन्धान गर्ने सहमति गरेको थियो। तर यातायात व्यवसायी सम्पर्कमा नआएपछि स्थानीय पुनः राजमार्गमा भेला भएर चक्काजाममा उत्रिएका हुन् ।
सोमबार राती पूर्वबाट आइरहेको ना. ८ ख ८५२१ नम्बरको ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हरिवन नगरपालिका-४ तिनघरे निवासी २२ वर्षीय रोशन भुजेलको मृत्यु भएको थियो। उक्त ट्रकको ठक्करबाट अर्को मोटरसाइकलमा सवार दुईजनासमेत घाइते भएको स्थानीय बासीले बताए ।
हरिवन नगरपालिका-४ का वडाध्यक्ष धनबहादुर वाइबाले शव ईलाका प्रहरी कार्यालय हरिवनमा रहेको जानकारी दिएका छन् । घाइतेहरुको उपचार लालबन्दीमा भइरहेको उनले बताए । भिड अनियन्त्रित भएकाले राजमार्ग जाम खुलाउने प्रयास असफल भएको वडाध्यक्ष को भनाई छ ।
चक्काजाम खुलाउन जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौर नेतृत्वको सुरक्षाकर्मी टोली घटनास्थलमा खटिएको छ ।
आगजनीबाट ट्रक पूर्ण ध्वस्त भएको छ। हिजै साँझ साढे ७ बजेदेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको बताइएको छ । प्रहरी नायव उपरीक्षक राठौरले अवरुद्ध राजमार्ग सुचारु गराउने प्रयास भइरहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर