Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

विवाहपञ्चमीमा अनिवार्य रुपमा मास्क लगाउनुपर्न

प्रतिक्षा खबर
२०७८ मंसिर २०, सोमबार १९:४१

जनकपुरधाम, मंसिर २० गते ।
विवाहपञ्चमी महोत्सवमा सहभागीलाई अनिवार्य रुपमा मास्क लगाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले महोत्सवमा भिड हुने भएकाले मास्क अनिवार्य गरेको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कोरोना महामारी फैलिन नदिन मास्क अनिवार्य गरिएको जानकारी दिए ।
महोत्सवमा सहभागी हुन नेपालको विभिन्न जिल्ला र भारतबाट आएका श्रद्धालुलाई करिव चार लाख मास्क वितरण गर्ने तयारी छ ।
विवाहपञ्चमीको मुख्य दिन भारत र नेपालबाट हजारौंको भिडमा सहभागी हुन आउने भन्दै संक्रमण फैलिन सक्ने अनुमान गरिएको छ । नेपाल र भारतमा कारोना भाइरसको नयाँ भेरियन्टसमेत फेला परेको हुनाले सचेतना अपनाइएको उनको भनाइ छ ।
मास्क नहुने श्रद्धालुलाई नाका र जनकपुरधाम प्रवेश गर्ने ठाउँ ठाउँमा सुरक्षाकर्मीले मास्क उपलब्ध गराउने प्रजिअ बास्तोलाले भने ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा नेपाल रेडक्रस सोसाइटीलगायत सामाजिक संघ संस्थाले हेल्थ डेस्क राख्ने र निःशुल्क मास्क वितरण गर्ने उनको भनाइ छ ।
विवाहपञ्चमीको अवसरमा सुरक्षा व्यवस्था कडा गरिएको छ । बाहिर जिल्लाबाट १५ सय सुरक्षाकर्मी मँगाएको र धनुषामै रहेका करिब १२ सय सुरक्षकर्मी पनि परिचालित छन् ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान प्रहरी गरी करिव तीन हजार प्रहरी परिचालन भएको प्रजिअ बास्तोलाले भने ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर