Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रतिक्षा खबर
२०८२ जेष्ठ २९, बिहीबार २०:१३

२९ जेठ, काठमाडौं । सोलार बिजुली जडानको ठेक्कामा अनियमितता गरेको आरोप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाँउपालिकाका अध्यक्ष विक्रम यादव सहित १० जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।

तीन वर्षअघिको बजेटमा गाँउमा सोलार बत्ती जडान गर्ने योजनामा अनियमितता गरेको अख्तियारको आरोप हो ।

कार्यक्रममा छुट्याइएको बजेट टुक्रा टुक्रा पारेर लागत अनुमान बढाइएको र त्यसबाट अनियमितता गरेको अख्तियारको आरोप हो ।

अख्तियारले आरोपितहरूमाथि दुई करोड ४९ लाख रुपैयाँ अनियमितता गरेको आरोप लगाएको हो ।

अख्तियारले गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह, लेखा अधिकृत शिव शंकर प्रसाद कुशवाहा, लेखापाल सञ्जय कुमार ठाकुर, जिन्सी शाखा प्रमुख राम कैलाश राय यादव, सव इञ्जिनियरहरू सन्तोष राय, राजु राय विरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले ठेक्का पाएको स्काई राइज ट्रेडिङ कन्सर्न र त्यसका सञ्चालक प्रकाश यादव विरुद्ध पनि मुद्दा चलाएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर