Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

सहकारीका बचतकर्ताले घेरे प्रदेश मन्त्रालय

प्रतिक्षा खबर
२०८१ श्रावण २७, आईतवार १९:३५

२७ साउन, बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरु फेरि आन्दोलित भएका छन् । उक्त सहकारीमा पौने एक अर्ब रकम जम्मा गरेका झण्डै दुई हजार वचतकर्ताहरू वचत फिर्ता र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले बुटवलबाट प्रदेश राजधानी दाङ पुगेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै ती मन्त्रालय र कार्यालय घेराउ र नाराबाजी गरेका छन् ।

‘वैशाखदेखि हामी आन्दोलनमै थियौं, हाम्रो वचत फिर्ताको लागि राजनीतिक दल, सांसद र मन्त्रीहरुलाई पनि जानकारी गरायौं, तर कुनै सुनुवाइ नभएपछि फेरि आन्दोलनमा उत्रिन वाध्य भयौं’, संघर्ष समितिका संयोजक विजय नेपालले भने, ‘अब हामी वचत फिर्ताको सुनिश्चित नभएसम्म चरणवद्ध आन्दोलन गर्छौं ।

संयोजक नेपालका अनुसार सुप्रिम सहकारीमा एउटै व्यक्तिको तीन करोड रुपैयाँसम्म वचत फसेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सहकारीका एक हजार ८३१ जनाले आफूहरुको ८६ करोड १८ लाख २३ हजार अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

सहकारीका १९ हजार ३५ जना सदस्यको कुल वचत रकम एक अर्ब २ करोड १४ लाख २५३ रुपैयाँ देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टले जानकारी दिए ।

सहकारीमा जीबी राईसहितको समूहले सर्वसाधारणबाट बचत भएको १ अर्ब ३१ करोड रकममध्ये सहकारीका वचतकर्ताहरु यसअघि वैशाखमा पनि आन्दोलनमा उत्रिएका थिए ।

सहकारीको रकम विभिन्न व्यक्ति र कम्पनीका नाममा पठाउने मुख्य आरोपी पूर्वअध्यक्ष जीबी राई र बुटवलस्थित मुख्य कार्यालयका व्यवस्थापक सागर केसीसहित ९ जना फरार छन् । राई समूहले सहकारीको १४ करोड भन्दा धेरै रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको अभियोग पत्रमा उल्लेख छ ।

भूपेन्द्र बाबु राईको नाममा कर्जा बनाएर ३ करोड ३० लाख रुपैयाँ सो मिडियाको नामको पेश्की फर्स्योट गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । भूपेन्द्रबाहेक थप १० लाख ९९ लाख ३६ हजार सहित कुल १४ करोड २९ लाख रकम गोर्खा मिडियामा लगानी गरेको देखिएको जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ । सरकारी वकिल कार्यालयले सहकारीको रकम हिनामिना गरेको आरोपमा २८ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।

सहकारीको रकम ऋणका रुपमा लैजानेमा संस्थापक अध्यक्ष जीबी राईदेखि पूर्वगृहमन्त्री रवि लामिछाने एक समय आवद्ध भएको गोर्खा मिडिया नेटवर्क समेत छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाममा पनि ऋण लगानी भएको उल्लेख छ ।

प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले चलाएको मुद्दामा सहकारीका अध्यक्ष बुटवलका ओमप्रकाश गुरुङ थुनामा छन् । अन्य ६ जनालाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गर्न आदेश गरे अनुसार रिहा भएका छन् । सहकारीका पूर्वपदाधिकारी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन चार लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

अर्का प्रतिवादी नवीन अछामी १० लाख, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं पाण्डे १८ लाख, नीता थापामगर २ लाख, दीपक न्यौपाने ४ लाख ४५ हजार र रोशनी गुरुङ २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

रकम हिनामिना भएको भन्दै बचतकर्ताले उजुरी गरेपछि प्रहरीले गत फागुन ३ गते सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र भैरहवा शाखा व्यवस्थापक चापागाईंलाई पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलले करिब दुई महिना लामो अनुसन्धानपछि गत वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर