• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सवारी दुर्घटना न्यूनिकरण विषयमा समुदाय र सामाजिक संवाद कार्यक्रम सम्पन्न


सवारी दुर्घटना न्यूनिकरण विषयमा समुदाय र सामाजिक संवाद कार्यक्रम सम्पन्न

विनोद महतो
महेन्द्रनगर, मंसिर १० ।
धनुषामा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी विभिन्न ८ वटा सूचकको विषयमा सामाजिक जवाफदेहिता सम्बन्धी संवाद कार्यक्रम सम्पन्न भएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजस्थित हिमालय युवा क्लवको सभाहलमा भएको सो संवादमा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी विभिन्न ८ वटा सूचकहरुको विषयमा समुदाय र ट्राफिक प्रहरीहरुबीचमा छलफल भएको छ ।
सामुदायिक अंकपत्रका लागि गरिएको सो सामाजिक जवाफदेहिता संवाद कार्यक्रममा सामुदायका विभिन्न क्षेत्रका अगुवा तथा ट्राफिक र प्रहरीहरुबीच सडकमा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि विभिन्न ८ वटा सूचकलाई आधार मानेर दुई दिनसम्म छलफल भएको थियो । सो संवाद कार्यक्रमबाट सवारी दुर्घटना न्यूनिकरणमा ट्राफिक प्रहरीले गर्दै आएको कार्य र सोको प्रभावकारिता लगायतको विषयमा समुदाय अर्थात सेवाग्राही समूहले ८ वटै सूचकमा आफ्नो सामूहिक मत जाहेर गर्दै अंकभार दिएको थियो ।
यस्तै सेवा प्रदायक समूहको तर्फबाट ट्राफिक प्रहरीले समेत सोहि सूचकमा आफुले गर्दै आएको कार्यको प्रभाव, अवस्था र समुदाय अर्थात सेवाग्राहीले खेल्लुनुपर्ने भुमिका लगायतको विषयमा आफ्नो समूहको तर्फबाट अंकभार दिएको थियो । दुवै समूहबाट आएको अंकलाई कारण सहित फेरी छलफलकै माध्यमबाट संयुक्त अंकभार दिएको थियो । दुवै समूहको र संयुक्त अंकलाई माकुराको जालो जस्तै ग्राफचार्टमा समेत देखाएको थियो ।
छलफलको क्रममा विभिन्न चार समूहमा अंकभार छुट्याइएको थियो । जसमा कमजोर अवस्थाको समूहमा १,२,३ नम्बर राखिएको थियो भने ठिकै अवस्थाको समूहमा ४,४,६ अंक राखिएको थियो । यस्तै राम्रो अवस्थाको समूहमा ७ र ८ अंकभार दिएको थियो भने धेरै राम्रो अवस्थाको समूहमा ९ र १० अंक राखिएको थियो । सो अंकभारको अनुसार संवाद र छलफल गर्दा समुदाय अर्थात सेवाग्राहीको समूहबाट सूचक अनुसार बढीमा ७ अंकसम्म आएको थियो भने सेवा प्रदायक ट्राफिक प्रहरीको समूहबाट पनि सूचक अनुसार बढीमा ७ अंकसम्म आएको थियो । दुवै समूहबाट सवारी दुर्घटना न्यूनिकरणको विषयमा ८ वटै सूचकमा राम्रो अवस्था र धेरै राम्रो अवस्थाको अंकभार समूहमा नम्बर आएको थिएन् ।
दुवै सूमहबाट राम्रो र धेरै राम्रो अवस्थाको अंक नआएपछि छलफल गर्दै संयुक्त रुपमा अगामी दिनमा सुधार गर्नुपर्ने विभिन्न कार्य र क्रियाकलाप सहितको कार्ययोजना बनाइएको थियो । सो कार्ययोजना अनुसारको कार्य र क्रियाकलाप अगामी दिनमा कार्यान्वयनको लागि पहल गर्ने आयोजक संस्थाले जनाएको छ ।
युके एआडडी, इन्टरनेशनल अलर्ट, यूएन अओपिएस, नेपाल प्रहरी र सहजको सहयोग तथा आयोजनामा सो दुई दिने संवाद कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा सामुदायिक अंकपत्रका सहजकर्ताहरु राम छविला यादव, ललित कुमार राय, मातिलाल महतो, मनिष कुमार ठाकुर, श्रीदेव ठाकुर, आदर्श कुमार ठाकुर तथा ईन्टरनेशनल एलर्टका सरोज भुषाल र रामभरोसी महतोले सहजीकरण गरेका थिए । कार्यक्रममा समुदाय र सेवाग्रहीको तर्फबाट वडा सदस्य सावित्री देवी महतो, कौशल्या महरा, हिमालय युवा क्लवका अध्यक्ष अरुण कुमार महतो, पत्रकार विनोद महतो, चालक संजय दास, सुरेश महतो, सिंहेश्वर सिंह, व्यवसायी दुखरण महतो, स्वास्थ्यकर्मी शुभद्रा महतो, सहकारीकर्मी लक्ष्मीनारायण महतो, अजय कुमार महतो, फ्रेस महतो, युवा रामकृष्ण महतो लगायतको सहभागिता रहेको क्लवले जनाएको छ । यस्तै सेवा प्रदायक समूहबाट ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका ट्राफिक प्रहरी र प्रहरीहरुको सहभागिता रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

१० मंसिर २०७८, शुक्रबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

१० मंसिर २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

१० मंसिर २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

१० मंसिर २०७८, शुक्रबार
Next Post
मुख्यमन्त्री राउतद्वारा शहीद कामेश्वर कुशेश्वर सभागृहको उद्घाटन

मुख्यमन्त्री राउतद्वारा शहीद कामेश्वर कुशेश्वर सभागृहको उद्घाटन

मधेश आन्दोलनका उपलब्धिलाई जालझेल र षडयन्त्र गरी ओझेलमा पारिएको छ , उपेन्द्र यादव

मधेश आन्दोलनका उपलब्धिलाई जालझेल र षडयन्त्र गरी ओझेलमा पारिएको छ , उपेन्द्र यादव


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh