Advertisement
ताजा खबर
बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित

☰

जन्मदर्ताको सिफारिसको लागि घुस लिने मटिहानी नगरपालिकाका वडाध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रतिक्षा खबर
२०७८ कार्तिक १४, आईतवार १८:३४

जन्मदर्ताको सिफारिस गर्न घुष माग्ने महोत्तरीका एकजना जनप्रतिनिधि र कर्मचारी विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दताए भएको छ । जिल्लाको मटिहानी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर अ‍ैबुल राईन विरुद्ध विशेष अदालतमा मुद्दा दताए भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । दुबैजनालाई १० हजार माग दावि गर्दै मुद्दा दिइएको हो ।
वडाध्यक्ष र कम्प्युटर अपरेटरलाई अख्यितारको बर्दिबासको टोलीले असोज २४ गते घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा वडाध्यक्ष महतोले जन्मदर्ता बनाउन सेवाग्राहीसँग १० हजार घुस मागेका थिए । जन्मदर्ताको लागि घुस लिएको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर अपराध गरेको देखिएकाले १० हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
त्यस्तै करारमा सहायक कम्प्युटर अपरेटरमा कार्यरत्त रहेका राईनको संलग्नता देखिएकोले बिगो १० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १ को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्यिारले जनाएको छ ।टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर