Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

एसपीकै निर्देशनमा पत्रकारलाई लागूऔषध हालेर फसाइयो, सीसीटीभी फुटेज मेटाउने प्रहरीको प्रयास

प्रतिक्षा खबर
२०७८ भाद्र ७, सोमबार २२:०३

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो गल्ती लुकाउन एक पत्रकारलाई लागूऔषध मुद्दामा फसाएको समाचार सार्वजनिक भएको केही दिनपछि अर्को खबर सार्वजनिक भएको छ। पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर निर्दोष फसाइएको घटनाको सीसी टीभी फुटेज मेटाउने प्रयास गर्न थालेका छन ।
गत शनिबार जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत असइ उदय यादव र जवान मनोज साहको सेटिङमा स्थानिय अनलाइनका पत्रकार मोहम्मद मोजिबल्लाहलाई लागूऔषध राखेर फसाइएको घटना बाहिर आएको थियो । उनीहरुले पत्रकार मोहम्मदको मोटर साइकलमा लागूऔषध राख्दै गरेको भिडियो फूटेज नै सार्वजनिक भएको थियो। तर, हालै सार्वजनिक भएको एक अडियो रेकर्डमा भनिएको छ, ‘सीसी टीभी भिडियो रहेछ, एउटा असईलाई ल्याएको छु, डिलिट गराउन।
रौटहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो ।
अडियो रेकर्डमा घुमुवा प्रहरी असई यादवले भनेका छन्, ‘सेतो हेलमेट देखिएको छ, त्यो धिरजलाई सेतो हेलमेट हटाएर अर्को हेलमेट प्रयोग गरेर मोटरसाइकल चलाउन भन्नु ।’ यसले घटनामा प्रहरीको संलग्नतालाई उजागर गरेको छ।
पत्रकार फसाउने घुमुवा रौतहटका एसपी सिद्धिविक्रम शाहका घुमुवा हुन् । शाह असुलीमा धन्धाका नाइके हुन । ती घुमुवाको गलत क्रियाकलापको बारेमा पत्रकार मोहम्मदले स्थानिय अनलाइनमा समाचार लेखेका थिए । शाहकै निर्देशनमा पत्रकारलाई लागूऔषध हालेर फसाइएको खुलेको छ।
यस घटनापछि पत्रकार महासंघ रौतहटले नियोजित रुपमा पत्रकारलाई लागूऔषध मुद्दामा फसाउन खोजिएको भन्दै कारबाहीको माग गरेको छ । साथै, रौतहट अध्यक्ष प्रेमचन्द झाले शनिबार नै विज्ञप्ति निकाल्दै ती प्रहरीलाई निलम्बन गरि कारबाहीको माग गरेका थिए ।
यसैबीच, रौतहट प्रहरीले यस विषयमा सार्वजनिक गर्न सोमबार पत्रकार सम्मेलन राखेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर