Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर
☰

संविधान दिवस ः मधेसवादी दल ‘कालो दिवस’ मनाउने तयारीमा

प्रतिक्षा खबर
२०८१ भाद्र ३०, आईतवार २०:१२

काठमाडौँ । सरकारले असोज ३ गते संविधान दिवस धूमधामका साथ मनाउने तयारी गरिरहेको छ भने सरकारमै रहेका मधेस केन्द्रित दलहरू सोही दिन ‘कालो दिवस’ मनाउने तयारीमा छन् ।

संविधान सभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको थियो । सोही दिनको सम्झनामा सरकारले प्रत्येक वर्ष सार्वजनिक बिदा दिएर दिवस मनाउने गरेको छ । तर मधेस केन्द्रित दलहरूले त्यो दिनलाई कालो दिवसका रूपमा मनाउने गरेका छन् ।

मधेसवादी दलहरू संविधान अधुरो रहेको भन्दै त्यसमा संशोधनको माग गर्दै आएका छन् । संविधान जारी भएको दिन मधेसमा आन्दोलन भएको थियो । मधेस आन्दोलनमा आन्दोलनकारीको मृत्युसमेत भएको थियो । त्यसैले मधेस केन्द्रित दलहरूले त्यो दिनलाई कालो दिवसको रूपमा मनाउँदै आएका छन् ।

सत्ताधारी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालको शनिबार बसेको शीर्ष नेताहरूको बैठकले असोज ३ गते ‘कालो दिन’का रूपमा मनाउने निर्णय गरेको सो पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लले बताए । उनले भने, ‘संविधान निर्माण भएको मितिदेखि नै यो संविधानलाई मान्दैनौँ, यसलाई संशोधन गर्नुपर्छ भन्दै आइरहेका छौँ । तर सरकारले कुनै सुनुवाइ नगरेका कारण असोज ३ लाई कालो दिनको रूपमा मनाउँछौँ ।’

लोसपा विगतमा पनि सरकारमै रहेर असोज ३ लाई कालो दिवसको रूपमा मनाउँदै आएको उनले बताए । संशोधन गरेर संविधान नसुधारेसम्म आफूहरूले असोज ३ लाई कालो दिनकै रूपमा मनाउने उनको भनाइ छ ।

यसपटक सरकारका मुख्य दुई घटक नेपाली कांग्रेस र नेकपा एमालेले समेत संविधान संशोधनको एजेण्डालाई अगाडि सारेका छन् । संविधान संशोधन गर्ने भनेका कारणले पनि आफूहरूको विरोधको सार्थकता रहने शुक्लले बताए । ‘नेतृत्व गर्ने दलले नै संविधान संशोधन गर्ने भनिसकेका छन् । आशा गरौँ– संविधान संशोधन हुन्छ,’ उनले भने, ‘संविधान संशोधनको माग राख्दै जिल्ला–जिल्लामा कालोपट्टी बाँधेर कार्यक्रम आयोजना गर्न सर्कुलर जारी भएको छ ।’

यसपटक जनता समाजवादी पार्टी नेपालले पनि असोज ३ लाई कालो दिनको रूपमा मनाउने भएको छ । विगतका वर्षमा विभिन्न कार्यक्रम गरी दिवसकै रूपमा मनाउँदै आएको जसपा नेपालले यो वर्ष कालो दिवसकै रूपमा मनाउने भएको हो ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले असोज ३ गतेको दिनलाई विरोधस्वरुप मनाउने बताए । ‘के कस्तो कार्यक्रम गरेर असोज ३ लाई सम्झने भन्नेबारे छलफल भएको छैन,’ उनले भने, ‘असोज २ गते बस्ने कार्यकारिणी समितिको बैठकले त्यसबारे तय गर्छ ।’

जसपा नेपालले संविधान संशोधनको विषयलाई जोडदार रूपमा उठाउँदै आएको छ । संविधान संशोधन वा पुनर्लेखनका लागि जसपा नेपालले विभिन्न खालका सङ्घर्षका कार्यक्रमसमेत गर्दै आएको छ । साउन ३० गते सम्पन्न केन्द्रीय समितिको बैठकले पनि संविधान संशोधनका लागि सरकारलाई दबाब दिने गरी अभियान चलाउने निर्णय गरेको छ । पार्टीले सुरु गरेको चार महिने अभियानमा संविधान संशोधन पनि एउटा मुख्य एजेण्डा रहेको प्रवक्ता सुमनले बताए ।

मधेस सरकारको नेतृत्व गरेको जनमत पार्टीले पनि असोज ३ को दिनलाई विरोधकै शैलीमा मनाउने भएको छ । तर पार्टीले यसबारेमा आधिकारिक निर्णय गरेको छैन ।

पार्टीका उपाध्यक्ष अब्दुल खानले भने, ‘संविधान दिवसको दिन असोज ३ लाई विरोधका कार्यक्रम गर्ने वा नगर्ने भनेर पार्टीले कुनै निर्णय गरेको छैन तर पार्टीका नेता तथा कार्यकर्ताहरूले स्वतःस्फूर्त रूपमा विरोध गरेमा पार्टीले त्यसलाई रोक्दैनौँ ।’

पार्टीका नेताहरूले गर्ने विरोधका कार्यक्रममा आफूहरूलाई बोलाएको खण्डमा सहभागी हुने उपाध्यक्ष खानले बताए । तर पार्टीले असोज ३ को बारेमा कुनै पनि निर्णय नगरेको उनले प्रस्ट पारे ।

यसअघि जसपा नेपालले पनि सरकारमा रहँदा यस्तै गर्थ्यो । जसपा नेपालले मधेस सरकारको नेतृत्व गरिरहेको बेला कहिल्यै पनि असोज ३ को दिनलाई विरोध गरेन । न त उसले सरकारमा रहँदा असोज ३ लाई कालो दिवसका रूपमा मनायो ।

मधेस प्रदेशमा सरकारको तर्फबाट गरिने अन्तरक्रिया कार्यक्रममा सहभागी भएर जसपा नेपालले संविधान दिवसकै रूपमा मनाउँदै आइरहेको थियो ।

जनमत पार्टी पनि मधेस प्रदेश सरकारको नेतृत्व गरेका कारण असोज ३ को बारेमा तटस्थ देखिएको हो ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले पनि असोज ३ लाई कालो दिवसको रूपमा मनाउने भएको छ । त्यस्तै, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले संविधान संशोधनको माग राख्दै आन्दोलन गरिरहेको छ । तमलोपाले सोमबार जनकपुरमा संविधान संशोधनको माग राख्दै खबरदारी सभा आयोजना गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर