Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

आक्रमण नियन्त्रणका लागि रात्रिकालीन कर्फ्यु जारी

प्रतिक्षा खबर
२०७८ श्रावण १०, आईतवार ०९:१५

१० साउन, काठमाडौं । अफगानिस्तानमा तालिवान आक्रमण नियन्त्रणका लागि ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । देशका ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रातिको समयमा कर्फ्यु आदेश जारी गरिएकोे अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ ।
मे महिनाको सुरुदेखि नै अफगानिस्तानको तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने दर्जनौं जिल्लाहरू कब्जा गरेको र केही प्रान्तका सदरमुकामलाई घेरा हालेको छ ।
‘हिंसा रोक्न र तालिबानी आन्दोलनलाई सीमित गर्नका लागि काबुल, पञ्जशीर र नान्गाहरबाहेक देशभरिका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यू लागू गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
कर्फ्यू आदेश स्थानीय समयअनुसार बेलुका १० बजेदेखि बिहान ४ बजेसम्मका लागि प्रभावकारी हुने आन्तरिक मन्त्रालयका नायब प्रवक्ता अहमद जिया जियाले पत्रकारसँग बताए । अमेरिकी नेतृत्वमा रहेका विदेशी सेनाहरूको पूर्ण वापसीपछि पुनः शक्ति आर्जन गर्दै तालिबानले अफगानिस्तानका झण्डै ४०० जिल्लामध्ये आधा क्षेत्र नियन्त्रणमा लिएको उक्त समूहले दावी गरेको छ ।
अमेरिकी सेना फिर्ता तयारीसँगै तालिवान समूहले देशभर आफनाे हिंसात्मक गतिविधिलाई बढाएको छ ।
यस हप्ताको ईद अल-अधाको मुस्लिम बिदाको समयमा हिंसा केही हदसम्म कम भए पनि सरकारी सुरक्षा फौजलाई लक्षित गरी आक्रमण बढाएका छन् । जवाफी कारबाहीमा विगत २४ घण्टामा विभिन्न प्रान्तमा २६० भन्दा बढी तालिवान लडाकूहरू मारिएको दाबी सरकारी अधिकारीले गरेका छन् ।
सरकारी अधिकारी तथा तालिबान समूहले उनीहरूको दावीलाई बढाइचढाइ गरिरहेको तर यसको स्वतन्त्र रूपमा प्रमाणित गर्न नसकिएको स्थानीय अधिकारकर्मीले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर