Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

राजकिशोरले महन्थलाई भने : अर्को पार्टी बनाउन साथ दिन सक्दिन

प्रतिक्षा खबर
२०७८ श्रावण ९, शनिबार २०:३२

९ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले अध्यक्ष महन्थ ठाकुुरलाई नयाँ पार्टी बनाउन खोजे आफूले साथ दिन नसक्ने बताएका छन् ।
जसपाको अधिकारिकता विवादमा सुनुवाइ गरिरहेको निर्वाचन आयोगले ११ साउनमा ५१ सदस्यीय कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि बोलाएको छ । त्यसअघि ठाकुर र उपेन्द्र यादव पक्षले शनिबार छुट्टा–छुट्टै बैठक राखेको थियो ।
सांसद तथा कार्यकारिणी समितिका सदस्य यादव दुबै पक्षको बैठकमा सहभागी भए ।
अध्यक्ष उपेन्द्र यादवले बोलाएर बालकुमारी पुगेका उनले कार्यकारिणी समितिको बैठकमा आफ्नो धारणा राखेका थिए । ३० वैशाखयता महन्थ ठाकुर पक्षले बोलाएको बैठकमा नगएको र अहिले पनि पार्टी एकताको पक्षमा रहेको यादवले बताए । शनिबार भने ठाकुर पक्षको बैठकमा जाने र जसपाको पक्षमा उभिने धारणा राखेर आउने बताएको एक नेताले जनकारी दिए ।
यादव ठाकुर पक्षको बैठकमा पनि सहभागी भए । उनले अध्यक्ष ठाकुरलाई आफू एकताको पक्षमा रहेको र नयाँ पार्टी गठन गर्न खोजे साथ दिन नसक्ने बताएका छन् ।
जवाफमा ठाकुरले भने आफूहरुले पनि फुट नचाहेको, तर अहिले एकताको वातावरण नभएको बताए ।
जसपा संसदीय दल र कार्यकारिणी समिति दुबैमा यादव पक्षको बहुमत छ । यादव पक्षको शनिबारको बैठकमा राजकिशोर बाहेक ३२ जना उपस्थित थिए । यही अवस्था कायम रह्यो भने यादव पक्षले आधिकारिता पाउनेछ ।
कार्यकारिणी समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउन नसके ठाकुर पक्ष थप संकटमा पर्नेछ । नयाँ दल दर्ता गरेमा यो पक्षका सांसदहरुको पद समेत जानेछ ।
सभार अनलाइन

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर