Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

महोतरीको सोनमा गाउँपालिकामा छोरी शिक्षा बीमा शिविर शुरु

प्रतिक्षा खबर
२०७६ माघ २८, मंगलवार २१:१८

नागेन्द्र कुमार यादव
महोतरी :
महोतरीको सोनमा गाउँपालिकामा शुरु भयो छोरी शिक्षा बीमा शिविर प्रदेश २ मा मूख्यमन्त्री मोहम्द लालबाबु राउत गदीले संचालन गरिएको ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान अन्तर्गत आज मंगलबारदेखि महोतरीको सोनमा गाउँपालिकामा छोरी शिक्षा बीमा शिविर शुरु भएको छ ।

छोरी शिक्षा बीमा शिविर सप्ताह अन्तर्गत २०७५ माघ १ गतेपछि जन्मेका छोरीहरुको शिक्षा बिमा शुरु गरिएको हो । सोनमा गाउँपालिका वडा १ सोनमा ब्रम्ह स्थान स्थित श्री जनता आधारभूत प्राथमिक विद्यालयमा आयोजित छोरी शिक्षा बीमा शिविरको उदघाटन महोतरी क्षेत्र नमबर ४ का सांसद एवम संघीय सरकारको निवर्तमान स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा सुरेन्द्र कुमार यादवले गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै महोतरी षेत्र नम्बर ४ का सांसद डा यादवले छोरी शिक्षा बीमा कार्यक्रमले छोरीहरुको शिक्षामा पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले प्रदेश सरकारले ल्याएको यस कार्यक्रमबाट आर्थिक अवस्था कमजोर भएका परिवारका छोरीहरुले शिक्षा पाउने बताउनुभयो । छोरीलाई बोझको रुपमा लिने सोंच बदल्नकै लागि शिक्षा बीमा योजना ल्याइएको यादवले भन्नुभयो ।

सोनमा गाउँपालिका प्रमुख राज कुमार यादवले मानव शुसांकको आधारमा प्रदेश २ शिक्षा र स्वास्थ्यमा धेरै पछाडि परेको महसुस गर्दै प्रदेश सरकारले आकर्षक योजनाको रुपमा यो कार्यक्रम ल्याएको जानकारी गराउनुभयो । साथै प्रदेश सरकारले प्रदेशमा जन्मेका छोरीहरुलाई दिने रकम जति सोनमा गाउँपालिका प्रमुख यादवले आउदो आ व देखि थप ३ लाख दिने घोषण गरेको हुनाले सोनमा गाउँपालिकामा विमा गराउन आउने अभिभावकहरु ह्र्षित भएर उत्साह पूर्वक आफनो छोरीहरुलाई बिमा गराउन आएका थिए ।

आज सोनमा गाउँपालिकामा संचालन गरिएको छोरी बीमा शिबीर कार्यक्रममा वाडा नम्बर १ देखि वाडा नम्बर ५ सम्मका जम्मा १०५ जना छोरीहरुको बिमा भएको वाडा नम्बर १ का वाडा अध्यक्ष एवम गाउँपालिका प्रवक्ता समेत रहेका अशोक कुमार यादवले जनाएका छन । सोनमा गाउँपालिकामा जम्मा दूई दिनसम्म चलने शिबिरमा भोलि सोनमा गाउँपालिका ७ सुन्दरपुरमा रहेका जन्ता मा वि मा वाडा नम्बर ६ देखि वाडा नम्बर ८ सम्मका छोरीहरुकालागि छोरी शिक्षा बिमा संचालन हुने गाउँपालिका अध्यक्ष राज कुमार यादवले जनाएका छन ।

यस अन्तर्गत छोरी शिक्षा बीमाकोलागी मुख्यमन्त्रीको ५ वटा योजनाहरु रहेको बताउँदै प्रवक्ता एवम प्रतिक्षा खबरको स संयोजक अशोक कुमार यादवले छोरीको नाममा शिक्षा विमा मुद्दती खाता संचालन गर्ने,विद्यालयमा छात्रा मैत्री शौचालयको निर्माण गर्ने र सेनेटरी प्याड वितरण गर्ने,छोरीलाई १२ कक्षासम्म निशुल्क शिक्षा प्रदान गर्ने ,बताएका छन ।

प्रदेश २ का मुख्य मन्त्री राउतले महिलाहरुलाई सक्षम र सबल बनाउन निशुल्क रुपमा लोकसेवा तालिम प्रदान गर्ने र छात्रालाई साधनको अभावमा विद्यालय जानबाट बन्चित हुन नदिन साइकल प्रदान गर्ने योजना रहेको जानकारी गराउनुभयो । आजको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारी गापाकी उपाध्यक्ष बिभा देबी साह , लगायत संचालन रहेका वाडाका वडा अध्यक्षहरु कर्मचारी,स्थानीय सुरक्षा निकाय तथा स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर