Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी
☰

समग्र अामसंचारको विकासका लागि काम गर्न तत्पर छु- अध्यक्ष यादव

प्रतिक्षा खबर
२०७७ फाल्गुन ३, सोमबार १८:३६

सुधा देव
राजविराज
अाम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले
प्रदेशको मिडियालाई व्यवस्थित गर्नुपर्ने बताएका छन्।
नेपाल पत्रकार महासंघ सप्तरीका सभाहलमा अायोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भने -“समग्र रूपमा अामसंचारको विकासका लागि काम गर्न तत्पर छु ।” पत्रकार भएर लामो समय सम्म काम गरेकोले पत्रकारको समस्यालाई नजिकैबाट अंगाली सकेकोले उनीहरूको हकहितका लागि काम गर्न प्रतिबद्ध छु।अाम संचारसंग अाफ्नो लगाब रहेको र जहिले पनि रहिरहने यादवको भनाइ छ।
संस्थापकको रूपमा अाउन पाउँदा समस्या र अवसर दुबै छ।गर्नु पर्ने कामहरू धेरै रहेकोले चुनौती पनि उतिकै रहेकोले सबैको सहयोग र सहकार्य अावश्यक छ।
सप्तरीको पत्रकारिताको छुट्टै पहिचान रहेको छ।
अधिकार प्राप्तिको अान्दोलनमा सप्तरीको पत्रकारले अहम भुमिका खेल्दै अाएको अध्यक्ष यादवको भनाइ रहेको थियोे ।
अाम संचार प्राधिकरणको संचार माध्यमको अभिलेख राख्ने, अनुमती दिने,व्यवस्थित गर्ने लगायत थुप्रै जिम्मेवारी रहेको अध्यक्ष यादवले बताए।
अध्यक्ष यादवले भने -“प्रदेश सरकारको अाफ्नै मिडिया हुनु जरुरी छ। चाँडै एफएम संचालनको प्रक्रिया अगाडि बढाउँछौं।”
जिल्ला जिल्लामा गएर अग्रजहरूसंग सल्लाह लिएर अघि बढेने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा मिडिया काउन्सिलका अध्यक्ष शिवहरी प्रसाद भट्टराईले
संचार क्षेत्रको बिकासका लागि संचारकर्मीहरुको
अहम भूमिकामा रहेकोले उनीहरूले अाफ्नो सक्रिय भुमिकाबाट पन्छिन नमिल्ने बताए । उनले प्रदेश २ को सरकारले विश्वास गरेर दिएको जिम्मेवारी बहन गर्न पछि नपर्ने प्रतिबद्धता समेत ब्यक्त गरे
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य अबधेश झाले स्वरोजगार पत्रकारितालाई जीवन्त राख्न पत्रकार ,अामसंचार मिडिया प्राधिकरण र मिडिया काउन्सिल जिम्मेवार हुनुपर्ने बताए।
नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष मुरली प्रसाद यादवले अध्यक्ष द्वयको कार्यकालमामा नमुना कार्य हुने विश्वास व्यक्त गरे।
अाठ जिल्लाको सञ्चार माध्यमको दयनीय व्यवस्था रहेकोले संचारमाध्यमको अवस्था सबल बनाउन अध्यक्ष द्वयले महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर

काेरेन्टाइन व्यवस्थापनकाेलागि साेनमा गाउँपालिकाले १कराेडकाे काेष स्थपना गरे प्रतीक्षा खबर साेनमा चैत १४ विश्वलाई त्राहिमा बनाएको कोराना भाइरस (कोभिड १९)को नियन्त्रण तथा यस बाट प्रभावित भएकाहरुलाई राेकथाम र उपचार गरि व्यवस्थित गराउन साेनमा गाउँपालिकाले १ करोडको करेन्टाईन कोषको स्थापना गरेको छ । गाउँपालिका स्तरीय आज सम्पन्न बैठकले गाउँपालिकाको तर्फ बाट १ करोडको काेरेन्टाइनकाे व्यवस्थापन कोषको स्थापना गर्ने र सो कोषमा गाउँपालिकाबाट साे रकम राख्ने निर्णय गरेको गाउँपालिकाकाे प्रवक्ता एवम साेनमा गाउँपालिका एवम वाडा नम्बर १ का वाडा अध्यक्ष रहेका अशाेक कुमार यादवले बताउनु भएको छ । यसका अतिरिक्त साेनमा गाउँपालिका स्तरिय बैठकले महामारी नियन्त्रणको लागी गाउँपालिका अध्यक्षकाे संयोजकत्वमा सबै वाडा अध्यक्ष रहने गरि उच्च स्तरीय निर्देशन समिति गठन गरेको छ भने महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न प्रमुख प्रशासकिय अधिकृत रमेश अधिकारीकाे संयोजकत्वमा सबै कर्मचारी रहने गरि विशेष कार्यकारी समिति समेत गठन गरेको छ । कार्यकारी समितिलाई आजैको बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणको लागी आवश्यक व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ । कार्यकारी समितिले महामारी नियन्त्रणको लागी चाहिने आवश्यक सामग्रीहरुको खरिद विशेष परिस्थितिको लागी व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छन । सार्थै गाउँपालिका स्तरीय बैठकले साेनमा गाउँपालिका वाडा नम्बर ३मा रहेकाे मा वि विद्यालयमा ५०बेडकाे काेरेन्टाइनकाे व्यवस्थागरी अाईतबारदेखि गाउँपालिकाकाे विभिन्न वडाहरुमा रहेका विभिन्न देशबाट अाएकाहरुलाइ त्यहा व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष राज कुमार यादवले जनाएका छन । गाउँपालिका स्तरीय बैठकले लक डाउन सब भन्दा लभदायक भएकाेले यसलाई अरु शसक्त बनाउने गाउँपालिका स्तरमा कहि कतै भिडभाड नगर्ने नगराने बजार नलगाउने र कालाेबजारी नियन्त्रण गर्न गाउँपालिकाकी उपाध्यक्ष विभा देवि साहकाे नेतृत्वमा ९ सदस्य समितिबनाई अनुगमन गर्न निर्णय भएकाे छ । लका डाउनकाे कारण समस्यामा परेपछी गरिव जनताहरुको लागी आवश्यक कुराकाे व्यवस्था गरि अगाडी बढने निर्णय गरेको छ ।