Advertisement
ताजा खबर

जनप्रतिनिधि र कर्मचारीको बलमा कार्यकक्ष प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ

प्रतिक्षा खबर
२०८१ चैत्र २१, बिहीबार १७:०७

काठमाडौँ, चैत २१ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ करिब चार महिनापछि कार्यालयमा हाजिर हुनुभएको छ । महानगरपालिकाका वडाध्यक्ष र कर्मचारीहरूले उहाँलाई कार्यालय प्रवेश गराएका हुन् ।

गुरागाईँलाई रोक्न कमलादीस्थित महानगरपालिकाको कार्यालयमा महानगर प्रहरी परिचालन गरिएको थियो । तर, जनप्रतिनिधि तथा कर्मचारीले नारा लगाउँदै गुरागाईँलाई कार्यकक्षसम्म पुर्‍याएका हुन् । काठमाडौँ टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर बालेनले गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउनु भएको थियो ।

मेयर साहले गुरागाईँलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृतको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार समेत गर्नुभएको थियो । जवाफमा मन्त्रालयले उहाँलाई नै निरन्तरता दिन र काम गर्ने वातावरण बनाउन भन्दै महानगरलाई पत्र पठाएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर