• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

नेपाल–भारत सीमा क्षेत्रका नाकाहरु खुला गरियाे


नेपाल–भारत सीमा क्षेत्रका नाकाहरु खुला गरियाे

काठमाडौँ । कोरोना संक्रमणका कारण लकडाउनसँगै बन्द गरिएका चीन र भारततर्फका ३० वटा नाकालाई सरकारले खुला गरेकाे छ ।
गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएकाे हाे ।
यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय लिएको छ ।भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट विवाह लगायत खेतीपाती गर्नसमेत सहजै ओहोरदोहोर गर्न पाएका थिएन ।
गत चैत १० देखि नेपाल–भारत सीमा नाका सिल गरिएकामा भारततर्फका १३ र चीनतर्फको एक नाका गत साउन २६ मा खुला गरिएको थियो । भारततर्फ १ हजार ८ सय ८० किमि सीमामध्ये तराई/मधेसका १० र हिमाली/पहाडी क्षेत्रका तीन तथा चीनतर्फ रसुवागढी/केरुङ नाकाबाट आउन जान अनुमति दिइएको थियो ।
सीमा नाका निर्बाध खुलाउने वा आउन जानका निम्ति निश्चित नाका तोक्ने भन्नेमा गृह, परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयका अधिकारीबीच लामो छलफल र समीक्षा भएको थियो ।
गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको नेतृत्वमा यससम्बन्धी छलफल र समीक्षापछि थप १६ नाका खुलाउने प्रस्ताव गृहमन्त्री रामबहादुर थापाले मन्त्रिपरिषद्मा पेस गरेका थिए । पछिल्लोपटक खोलिएका नाकाबाट नेपालीले भारतीय बजार पुगी तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न पाउनेछ ।
गृह मन्त्रालयका अनुसार खजुरगाछी (झापा), भन्टाबारी (सुनसरी), कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), बंकुल (रौतहट), मटिअर्वा (बारा), सिम्रौनगढ (बारा), त्रिवेणी (पूर्वी नवलपरासी), महेशपुर (पश्चिम नवलपरासी), तौलिहवा (कपिलवस्तु), कोइलाबास (दाङ), सुरजपुर (बर्दिया) र तातोपानी (सिन्धुपाल्चोक) नाका खुला गरिएको छ । यसअघि पशुपतिनगर (इलाम), काँकडभिट्टा (झापा), रानी (मोरङ), माडर (सिरहा), गौर (रौतहट), वीरगन्ज (पर्सा), रसुवागढी (रसुवा), कृष्णनगर (कपिलवस्तु), बेलहिया (रूपन्देही), जमुनाह (बाँके), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कञ्चनपुर), खलंगा/पुलाघाट (दार्चुला) र झुलाघाट (बैतडी) बाट मात्रै सर्वसाधारणले सहज आवागमन गर्न पाउँथे।
गृहले खुला गरिएका सबै नाकाबाट हुने आवागमनको जनस्वास्थ्यसहित अभिलेख राख्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार यी नाका हुँदै नेपालीले निर्बाध र विदेशीले निश्चित सर्त र बन्देज पालना गरेर आवागमन गर्न पाउने छन। भारततर्फका नाकाबाट भारतीय नागरिक मात्रै र चीनतर्फका नाकाबाट चीनका नागरिक मात्रै आउन पाउने छन । भारत र चीनबाहेक देशका नागरिक हवाई मार्गबाट मात्रै आउन पाउने छन ।
विदेशीको हकमा भिसा अवधि र कोभिड परीक्षणको तीन दिनभित्रको नेगेटिभ रिपोर्ट भएका, नेपालमा कार्यरत भएको कागजात खुल्ने, कूटनीतिक नियोग र नेपाल सरकारले अनुमति दिएका विदेशीलाई मात्रै स्थलमार्गबाट प्रवेश अनुमति दिइने प्रवक्ता बुढाले बताएका छन । भारतीय नागरिकका हकमा राहदानी आवश्यक नपरे पनि स्वास्थ्य मापदण्ड र यसअघि भारतसँग सीमा जोडिएका तराई/मधेसका १० र पहाडका ४ जिल्लाका १४ वटा नाकाबाट मात्रै आवागमन खुला गरिएको थियो । बन्द नाका पहिलेकै स्वरूपमा निर्बाध खुलाउनुपर्ने दबाबपछि सरकारले नाकाबाट हुने आवागमन, त्यसको औचित्य, आवश्यकता, आर्थिक कारोबारलगायतका आधारमा नयाँ निर्णय लिएको हो।
गृह मन्त्रालयका प्रवक्ता बुढाले महामारीसँगै बदलिएको जीवनयापन, सीमा सुरक्षा रणनीति तथा जनस्वास्थ्यसम्बन्धी जोखिमलगायतलाई मध्यनजर गरेर बाँकी नाका खुलाउने र व्यवस्थित गर्दै जाने बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

१६ माघ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

१६ माघ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

१६ माघ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

१६ माघ २०७७, शुक्रबार
Next Post
सेक्स किन आवश्यक छ ?

जलेश्वर नगरपालिकामा आफ्नै वडाध्यक्षसँग घरमै आपत्तिजनक अवस्थामा महिला सदस्य फेला पर्याे

कार्यालय जाँदैगरेकाे वडासचिवको बसले ठकर दिदा घटनास्थलमै मृत्यू

कार्यालय जाँदैगरेकाे वडासचिवको बसले ठकर दिदा घटनास्थलमै मृत्यू


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh