Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जातीय विभेद कसुरमा वडाध्यक्षलाई साढे ४ महिना कैद सजाय

प्रतिक्षा खबर
२०८० मंसिर ७, बिहीबार १९:१०

७ मंसिर, पोखरा । पोखरा महानगरपालिका-२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय दुर्व्यवहार तथा छुवाछुतको कसुरमा जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद सजाय सुनाएको छ ।
वडासदस्य मैया नेपालीले आफूलाई जातीय दुर्व्यवहार र छुवाछुत गरेको भन्दै वडाअध्यक्ष अधिकारीविरुद्ध जाहेरी दिएकी थिइन् । सोही मुद्दामा जिल्ला अदालत कास्कीकी न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बिहीबार अधिकारीलाई ४ महिना कैद र पीडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।
जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ मा जातीय विभेद गर्नेलाई ३ महिना कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । सार्वजनिक पद धारण गरेका व्यक्तिको हकमा अभियोग पुष्टि भए थप ५० प्रतिशत सजाय गर्ने व्यवस्था पनि छ ।
‘सोही व्यवस्थाअनुसार थप सजायसहित साढे ४ महिना कैद, ७५ हजार रुपैयाँ जरिवाना र जाहेरवालालाई १० हजार रुपैयाँ क्षतिपूर्ति भर्न आदेश भएको छ’, जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले भने ।
वडा सदस्य मैया नेपालीका अनुसार दलित समुदायका लागि छुट्याइएको बजेट वडाध्यक्ष अधिकारीले अर्कै क्षेत्रमा खर्च गरेपछि उनले प्रश्न उठाएकी थिइन् । वडाध्यक्ष अधिकारीले आफूमाथि अपशब्द प्रयोग गर्दै र सिंगो दलित समुदायमाथि नै अपमान हुने अभिव्यक्ति दिएको उनको आरोप थियो ।
वडासदस्य नेपालीको जाहेरीपछि प्रहरीले गत वर्ष २६ पुसमा वडाध्यक्ष अधिकारीलाई पक्राउ गरेको थियो । प्रहरीले १५ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । ९ माघ २०७९ मा भएको थुनछेक बहसमा जिल्ला अदालतका न्यायाधीश ऋषिराज आचार्यको इजलासले अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
वडासदस्य मैया नेपालीले विभेदका घटनामा पीडितले आवाज उठाए न्याय मिल्ने प्रमाणित भएको बताइन् ।
‘अब कोही पनि हेपिएर, दबिएर बस्नुपर्ने अवस्था छैन । यो एउटा फैसलामात्रै होइन, हामीजस्ता सीमान्तकृतका लागि उदाहरण पनि हो जस्तो लागेको छ’, उनले भनिन्, ‘त्यो दिन बोलेर मैले न्याय पाएँ, बोल्नु पर्नेरहेछ । अब अरुलाई पनि आफूमाथि भएको दमन, विभेद, हिंसाको विषयमा बोल्न आग्रह गर्छु ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर