Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

महोत्तरीमा मोटरसाइकल दुर्घटनाहुदा एक बालिकासहित पाँचजना घाइते

प्रतिक्षा खबर
२०७७ पुष १४, मंगलवार २०:२६

प्रतिक्षाखबर
रामगाेपालपुर, पुस १४ गते ।
महोत्तरीमा छुट्टाछुट्टै स्थानमा मोटरसाइकलको ठक्करबाट पाँचजना घाइते भएका छन् । गौशाला, सम्सी, बलवा र जलेश्वरमा भएको मोटरसाइकल दुर्घटनामा ५ जना घाइते भएको प्ररीले जनाएको छ ।
मंगलबार दिउँसो गौशला नगरपालिका २ स्थित औरहीबाट गौशालातर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ३६९९ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय मुकेश मिश्राको छोरी ८ वर्षीया नैना मिश्रा घाइते भएकी छन् ।
बालिकाले बाटो काट्न लाग्दा बचाउने क्रममा मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा बालिकासंगै चालक औरही नगरपालिका २ बस्ने राकेश कुमार घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुबैजनाकाको स्थानीय स्तरमा उपचार भइरहेको छ ।
त्यस्तै मंगलबार बिहान जलेश्वर नगरपालिका ६ रातु खोलाको पुल स्थित ज ८ प ४०६२ नम्बरको मोटरसाइक दुर्घटना हुँदा पछाडिमा सवार धनुषा नगराइन नगरपालिका ६ बस्ने ५२ वर्षीया गिता देवी महरा घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यस्तै सम्सी गाउँपालिका ६ टेंगर स्थित बसविट्टीबाट सम्सी तर्फ आउँदै गरेको ज ४ प २९६९ नम्बरको मोटरसाइकल र विपरित दिशा तर्फबाट जाँदै गरेको ज ११ प १५३२ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा एकजना घाइते भएका छन् । सोमबार भएको सो दुर्घटनामा ज४प २९६९ नम्बरको मोटरसाइकल चालक २३ का पुजन यादव घाईते भएको प्रहरीले जनाएको छ ।
यस्तै बलवा नगरपालिका १ बन्चौरी भगवानपुरमा प्रदेश २–०२–००२ प ३३१५ नम्बरको मोटरसाइकलले ठाेक्कर दिँदा पैदल यात्री स्थानीय ५० वर्षीय राम दयाल घाइते भएका छन् ।टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर