Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

रामचन्द्र कुशवाहाको अध्यक्षतामा नेपाल सद्‌भावना पार्टीको नयाँ कार्यसमिति चयन

प्रतिक्षा खबर
२०८१ मंसिर ६, बिहीबार १५:२७

काठमाडौँ । नेपाल सद्‌भावना पार्टीको २९ सदस्यीय राष्ट्रिय कार्यकारिणी समिति गठन भएको छ । मंसिर ३ गते सम्पन्न पार्टीको सातौँ महाधिवेशनबाट रामचन्द्र कुशवाहाको अध्यक्षतामा कार्यकारिणी समिति गठन भएको हो ।

कार्यकारिणी समितिको वरिष्ठ नेतामा बद्रीप्रसाद मण्डल छन् भने सहअध्यक्षमा गोविन्द्र चौधरी र उपाध्यक्षहरूमा सहजाद मियाँ मिकारनी र दशरथ यादव छन् । यस्तै, महासचिवमा रामबाबु सिंह र सुरेन्द्रकुमार पटेल छन् भने सहमहासचिवमा मञ्जु चौधरी र वैद्यनाथ पासवान छन् । कोषाध्यक्षमा चन्द्रिकाप्रसाद कुशवाहा र प्रवक्तामा रामपृत यादव छन् ।

केन्द्रीय सदस्यहरूमा जीपी सिंह, दिनेश राउत, रामबाबु साह, रामनरेश प्रसाद कुशवाहा, राजकुमार राजवंशी, सुनिलकुमार यादव, भोलानाथ सिंह, ओम थनेत, सत्यनारायण प्रसाद रौनियार, जगनाथ महतो कोइरी, प्रभा चौधरी, ह्रदयानन्द मेहता, नमिता चौधरी, जयदेव चौधरी, सञ्जु चौधरी, मञ्जु देवी, सावित्री देवी राम र सुनिता मेहता छन् ।

नवनिर्वाचित अध्यक्ष रामचन्द्र कुशवाहा महन्थ ठाकुर नेतृत्वको तत्कालीन तमलोपाबाट मन्त्रीसमेत भइसकेका छन् । तमलोपा टुटफुट हुन थालेपछि उनी निष्क्रिय भएर बसेका थिए । केही नेताहरूले नेपाल सद्भावना पार्टीलाई पुनर्जीवित गरी सक्रिय बनाउने भएपछि कुशवाहा फेरि सक्रिय राजनीतिमा लागेका थिए । उनकै अध्यक्षतामा नेपाल सद्भावना पार्टीको सातौँ महाधिवेशन पर्सामा सम्पन्न भएको हो ।

महाधिवेशनसँगै बद्री मण्डल पनि राजनीतिमा फेरि सक्रिय भएका छन् । नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको निधन भएपछि बद्री मण्डल अध्यक्ष भएका थिए । उनी अध्यक्ष रहेकै बेला नेपाल सद्भावना पार्टी विभाजन भएको थियो । ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि बद्री मण्डल मन्त्रीसमेत भएका थिए ।

त्यसपछि लक्ष्मणलाल कर्ण सो पार्टीको अध्यक्ष भएका थिए । पछि आनन्दी देवी अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीसँग सो पार्टीको एकीकरण भएको थियो ।

त्यसपछि पनि सो पार्टी पटकपटक विभाजन भयो । नेपाल सद्भावना पार्टी राजनीतिक मैदानमा हराउँदै गएको अवस्थामा रामकुमार महतोले त्यसलाई संगठित गरेका थिए । पछि उनी पनि सो पार्टी छाडेर नागरिक उन्मुक्ति पार्टीमा गएपछि बाँकी रहेका नेताहरूले रामचन्द्र कुशवाहाको अगुवाइमा महाधिवेशन सम्पन्न गरेका हुन् ।

देशमा गणतन्त्र आएपछि बद्री मण्डल राजनीतिक रुपमा निष्क्रिय भएका थिए । केही समय राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा पनि उनी लागेका थिए । उनी जसपा नेपालसम्म पनि यदाकदा कार्यक्रममा देखिन्थे । जसपा नेपाल पनि विभाजन भएपछि उनी निष्क्रिय भएर घरमा बसेका थिए । अहिले उही पुरानो नेपाल सद्भावना पार्टी सक्रिय भएपछि बद्री मण्डल वरिष्ठ नेता भएर सक्रिय राजनीतिमा फेरि आएका हुन् ।

सहअध्यक्ष गोविन्द चौधरीको राजनीति पनि नेपाल सद्भावना पार्टीबाटै सुरु भएको थियो । पछि त्यसलाई छाडेर उनी तमलोपामा लागेका थिए । तमलोपा टुटफुट हुँदै गएपछि उनी विभिन्न पार्टीमा गए । तर अहिले नेपाल सद्भावना पार्टी पुनर्जीवित भएपछि उनी महाधिवेशनबाट सहअध्यक्ष भएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर