Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

पत्रकारले पत्रकारिताको धर्म निर्वाह गर्नुपर्छ : केन्द्रिय सचिव महतो

प्रतिक्षा खबर
२०७७ मंसिर २८, आईतवार २१:२१

धनवीर महतो
महोत्तरी, मंसिर २८ गते ।
नेपाल पत्रकार महासंघको केन्द्रिय सचिव शितल प्रसाद महतोले पत्रकारलाई हरेक परिस्थितीमा आफनो तटस्थ भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । सत्यतथ्य, निष्पक्ष र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्नु नै धर्म रहेकोले यस्तो धर्म हरेक परिस्थितीमा निर्वाह गर्नका लागि सचिव महतोले आग्रह गर्नुभएको हो ।
आईतबार महोत्तरीको जलेश्वरमा नेपाल पत्रकार महासंघको ११ औं सधारणसभालाई सम्बोधन गर्नुहुँदै सचिव महतोले भन्नुभयो—‘पत्रकारिता क्षेत्रलाई समयानुकुल मर्यादित वनाउन नसकेकै कारण सर्वसधारणको रोजाईमा पत्रकार पर्न सकेको छैन । पत्रकारलाई सत्ताको विपक्षमा रहि सत्य, तथ्य एवम सहि सुुचनाको आधारमा समाचार सम्प्रेषण गर्ने प्रवृतिको विकास गरौ ।’
वर्तमान परिवेशमा युटयुवमा आउने समाचारहरुले पत्रकारलाई बदमान गर्न खोजेकोले यसतर्फ सम्बन्धित पक्षलाई समयमै ध्यान दिनु आवश्यक रहेको सचिव महतोको भनाई रहेको छ ।
कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गनर््ुहुँदै केन्द्रिय सचिव महतोले नेपाल पत्रकार महासंघकै ईतिहासमा पहिलोपटक प्रत्यक्ष प्रणालीमार्फत निर्वाचन हुन लागेको धारणा राख्नुभयो । पत्रकार महासंघले ऐतिहासिक रुपमा परिवर्तन गर्दै अगामी दिनमा हुने चुनाबमार्फत जिल्ला, प्रदेश र केन्द्रियतहको सदस्यको लागि एकैपटक निर्वाचनमार्फत सदस्य चुनिनुपर्ने प्रावधान ल्याउन लागेको महतोले जानकारी दिनुभयो ।
पत्रकार महासंघ अझ पनि आन्दोलनमै रहेको स्मरण गराउनुुहुँदै सचिव महतोले भन्नुभयो—‘महासंघ अब ट्रेड युनियनमार्फत कानुनमा आधारित भई पत्रकारलाई न्याय दिलाउने छ । जसको निम्ति ट्रेड युनियन गठन गर्नु आवश्यक छ । पत्रकारको पारिश्रमीक, पत्रकार निकासाजस्ता पत्रकारको हकहितको लागि ट्रेड युनियनको आवश्यकता रहेको छ । कोभिड १९ को समयमा संचारउद्यमीहरु नयाँ नयाँ कार फेरियो तर पत्रकारहरु डेरा भाडा तिर्न नसकेको अवस्थाको सिर्जना भएको हो । सोही परिस्थितीलाई चिर्नका लागि आवाज उठान गर्दै महासंघले संचारमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको हो ।’
कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कटुवालले पत्रकारलाई सत्यतामा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकता उपर जोड दिनुभयो
कार्यक्रममा महोत्तरीमा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर