Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

संवैधानिक ‘कु’ विरुद्ध लोकतान्त्रिक शक्तिलाई एकजुट हुनुको विकल्प छैन ः मुख्यमन्त्री राउत

प्रतिक्षा खबर
२०७७ माघ २१, बुधबार १८:०३

जनकपुरधाम , माघ २१ । मुख्यमन्त्री लालबाबु राउतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै समाप्त पार्ने गरि भएको संवैधानिक कु विरुद्ध लोकतान्त्रिक शक्तिहरुलाई एक जुट हुनुको विकल्प नरहेको बताउनु भएको छ ।
प्रदेश नं.२को प्रदेशसभाको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकमा तानासाही प्रवृति हावी भएको उल्लेख गर्नु हुँदै त्यस्ता अलोकतान्त्रिक तानाशाही प्रवृति विरुद्ध परिवर्तनकारी शक्तिहरुलाई एक जुट हुनुको विकल्प नरहेको बताउनु भयो ।
उहाँले केही राजनीतिक दलहरु चुनाव भयो भने आफनो स्थिति राम्रो हुने सोचेर प्रतिगामी कदमलाई सहयोग गर्दै आएको ले मात्र तानाशाही प्रवृति हावी हुँदै गएको उहाँको कथन थियो । उहाँले चुनाव होला आफुलाई फाइदा हुने भ्रममा नपर्न आग्रह गर्दै भन्नु भयो ,‘ भ्रममा नपर्नुस कुनै पनि तानाशाहीले आफु हार्ने चुनाव गराउदैन, चुनाव गराउनको लागी प्रतिनिधिसभा विघटन गरिएको छैन । ’
उहाँले भन्नु भयो , ‘व्यवस्था रहे मात्र कुनै दल वा व्यक्ति आफनो विचारलाई स्थापित गर्न सक्दछन, सत्तामा पुग्न सक्दछन । व्यवस्था नै नरहे कहाँ लडनु हुन्छ । तसर्थ आउ संगै मिलेर प्रतिगमन विरुद्ध लडौ । अर्को विकल्प हामी संग छैन ।
कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशसभामा पक्ष र प्रतिपक्षको अनुभूति आफुहरु कहिलै नगरेको र अगामी दिनमा समेत गर्नु नपर्ने विश्वास व्यक्त गर्नु भयो । कानून निर्माण लगायतको विषयमा प्रतिपक्षबाट पाएको सहयोगको लागी प्रतिपक्षी दल एवं प्रदेशसभा सदस्यहरुलाई धन्यवाद दिनु हुँदै मुख्यमन्त्री राउतले अहिलेको प्रदेश सभाले बनाएको एक जुटताको परम्परा अगामी दिनमा समेत कायम रहेन विश्वास दिलाउनु भयो ।
सभामुख सरोज कुमार यादवको अध्यक्षता तथा प्रदेश प्रमुख तिलक परियारको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मन्त्रीहरु, प्रतिपक्षीदलका नेताहरु लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर