नेपाल कांग्रेस साेनमा गाउँ पालिका द्वारा हिन्दुहरुको महान पर्व दशै,दिपावली, तथा छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । साेनमा गाउँपालिका वाडा नम्बर ६ मंगरथानामा कार्यक्रमकाे अायाेजना गरिएकाे थियाे ।
नेपालि कांग्रेसका नेता द्वारा आयोजित भएको कार्यक्रममा प्रमुख अतिथी नेपालि कांग्रेसका महाेतरी जिल्ला सभापति महेन्द्र राय यादव , बिशिस्ट अतिथि पूर्व सांसद सिताराम भण्डारी ,अतिथिहरु नेपाली कांग्रेसका नेता राम दयाल यादव,सराेज यादव,उतिम राय ,उदय कुमार यादव,संजिव कुमार यादव,साेनमा गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित विभिन्न वाडका वडा अध्यक्षहरु ,लगायत पार्टीका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।
देशमा शक्ति निर्माणको लागि गाउँ स्तरबाट नेता कार्यकर्ता लाई संगठित गरि गरिब, उतपतडित, दलित, पिछडावर्ग, मुस्लिम, र महिलाको अधिकार, पहिचान र सम्मानको लागि संगठित भई अगाडी बढ्न नेपाली कांग्रेस हरेक समय अग्र स्थानमा रहेकाे सभापति यादवले तबाएका छन ।सबै जनतालाइ निस्वार्थरुपमा सहयाेग गर्न यादवले अाफनन कार्यकर्ताहरुलाइ समेत आग्रह गरिएको थियो । त्यस्तै शुभकामना अदान प्रदान कार्यक्रममा उपसथित रहेका सबै नेता कार्यकर्ताहरुले विजया दशमि ,छठ तथा दिपावलिकाे शुभकामना समेत दिएका छन ।









































































































