• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

केपी ओलीको नेतृत्वमा देश चरम निरंकुशतातिर गयो : डा. भट्टराई


केपी ओलीको नेतृत्वमा देश चरम निरंकुशतातिर गयो : डा. भट्टराई

विकास मरहट्टा
२१ असोज, गोरखा । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देश चरम निरंकुशतातिर गएको बताएका छन् ।
यो विपक्षीहरुले लगाएको आरोप मात्र नभई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी चलेको बहसले पुष्टि गर्ने उनले बताए । प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने, आपतकाल घोषणा गर्ने र देशलाई ज्ञानेन्द्र शाहको कदमतिर लैजाने कदम चालेका कारण अन्तरविरोधलाई टालटुल पार्ने काम भएको सूचना आफूले पाएको उनले बताए ।
बुधबार गृहजिल्ला गोरखा पुगेका नेता भट्टराईले पत्रकारसँग कुराकानी गर्दै भने, ‘यसरी देश कहिलेस्म्म चल्न सक्छ ?’ अहिले पनि लोकतन्त्र सुरक्षित नभएको र देश निरंकुशतावादीको बन्धक बनेको उनको दाबी छ ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ठोस काम गर्न नसकेको तर विना योजनाको लकडाउनले अर्थतन्त्र चौपट भएको भट्टराईले बताए । ‘उद्योगधन्दा, व्यवसाय सबै चौपट छन्, श्रमिकहरु रोएर बसेका छन्, तर सरकारले समस्या समाधानका लागी ठोस निति योजना ल्याउन सकेको छैन,’ उनले भने ।
जिल्लाको विकास निर्माणको सन्दर्भलाई जोड्दै नेता भट्टराईले पछिल्लो समयाै गोरखाको विकास सुस्ताएको बताए । आफू अर्थमन्त्री हुदाँ ट्र्याक खोलिएका सडकहरु हालसम्म पनि कालोपत्रे हुन नसकेको भन्दै भट्टराईले चिन्ता व्यक्त गरे ।
‘म अर्थमन्त्री हुुँदा गोरखाको पूर्वाधार विकासमा सडक नै पहिलो हो भनेर पूर्व पश्चिम जोड्ने कोरिडोर विकास गर्ने योजनासहित ट्र्याक खोल्न शुरु गरे,’ उनले भने, ‘तर अहिलेसम्म ती सडकहरु पिच भएका छैनन् ।’
राजनीतिक नेतृत्व, प्रशासन र ठेकेदारको मिलेमतोका कारण पूर्वाधार क्षेत्रमा काम हुन नसकेको उनले बताए । बाह्र किलो भालुस्वाँरा बारपाक सडक कालोपत्रे कामको उदाहरण दिदै उनले भने, ‘यसअघि नै कालोपत्रे भइसक्नुपर्ने उक्त सडकखण्डमा अझै काम सकिएको छैन, कालोपत्रे भएको ठाउँमा पनि अक्षता छरेजस्तो अलिकति गिटी र अलिकति अलकत्रा छरेर झारा टारेको छ ।
अनुगमन गर्ने र ताकेता लगाउने काम सम्बन्धित कार्यालय प्रमुखको भएपनि वेवास्ता गरिएको उनले बताए । जिल्लाको विकास निर्माणका काम जिम्मा लिएका ठेकेदारसँग पनि भट्टराईले अन्तरक्रिया गरेका छन् । काम ठग्ने र लापरवाही गर्ने केही ठेकेदार भने उपस्थित नभएको भट्टराईले बताए ।
अनलाइन

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

२१ आश्विन २०७७, बुधबार
अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२१ आश्विन २०७७, बुधबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२१ आश्विन २०७७, बुधबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२१ आश्विन २०७७, बुधबार
Next Post
सरकारले सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी विभिन्न तहका परीक्षा सञ्चालन गर्न अनुमति दिइयाे

सरकारले सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी विभिन्न तहका परीक्षा सञ्चालन गर्न अनुमति दिइयाे

जिप दुर्घटना : वडाध्यक्ष सहित पाँचजनाको मृत्यु, दुइ बेपत्ता

जिप दुर्घटना : वडाध्यक्ष सहित पाँचजनाको मृत्यु, दुइ बेपत्ता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh