Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

हजारौं पुरुषबीचमा तर्पण दिँदै एक्ली महिला अजय अनुरागी

प्रतिक्षा खबर
२०७७ भाद्र ३०, मंगलवार १४:४०

जनकपुरधाम – प्रायः जसो पितृ तर्पण गर्दा पुरुष वा छोराले आफ्ना मृत पूर्वजका लागि तर्पण दिने गरेका हुन्छन् । तर जनकपुरधाममा एक महिलाले आफ्नो मृत पिता सहित पूर्वजको आत्माको शान्तिको लागि तर्पण दिने गरेकी छन् ।
साविक महोत्तरीको पिपरा गाउँपालिकाको पिपरा घर भई जनकपुरधाम उपमहानगरमा बसोबास गर्दै आएकी रिंकुकुमारी मिश्रले आफ्ना पितासहित पूर्वजलाई जल सहितको तर्पण दिने गरेकी छन् ।
शनिवारदेखि शुरू भएको सोह्र श्राद्ध संस्कार गर्न हजारौं पुरुषहरूकाबीच रिंकु पनि जनकपुरको पुरातात्विक महत्व बोकेको गङ्गा सागर पोखरीमा स्नान गर्दै मृत पितालाई तर्पण दिएकी थिइन् । उनी गत वर्षदेखि नै आफ्नो पितालाई तर्पण दिँदै आएको बताएकी छन् ।
१६ दिनसम्म तर्पण गर्नुका साथै पिण्ड दान सहित श्राद्ध समेत गर्दै आएको बताउँछिन् ।
रिंकुका बुवा रामेश्वर मिश्रको गत २०७२ वैशाख ४ गते निधन भएको थियो । रामेश्वर मिश्रले दुई वटा बिहे गरेका थिए । जेठी श्रीमतीबाट २ छोराहरू सतेन्द्र र जितेन्द्र तथा छोरी प्रभावतीदेवी जन्मिएकी थिइन् । छोराहरू समेतको बिहे भएको अवस्थामा उनको श्रीमतीको क्यान्सर रोगका कारण मृत्यु भएको थियो ।
त्यसपछि उनले रिंकुकी आमा आशादेवी मिश्रसँग बिहे गरिन् । त्यतिबेला आशाको बाल विवाह भएको थियो । धेरै उमेरको फरक पनि थियो । तर मिश्रले आशादेवीसँग बिहे गरिन् । उता छोरा र छोरीको समेत बिहे भईसकेकोले उनीहरूलाई गाउँ पिपराको सम्पति दिएर अंशवण्डा गरेर कान्छी श्रीमती आशादेवीसँगै जनकपुर आएर बसोबास गर्न थाले ।
दोस्रो श्रीमती आशादेवीको कोखबाट रुवी मिश्र र रिंकु मिश्र दुई छोरीहरूको जन्म भयो । दुवै छोरीको पालन पोषण उनले गर्दै आएका थिए । सोही क्रममा जेठी छोरी रुवीको बिहे गरेपछि गर्भवती भएकी बेला बच्चा जन्माउने क्रममा उनको निधन भएको थियो । एता रिंकु भने आफ्नो आमा र बुवाका साथ बस्दै आएकी थिइन् ।
बुवा बिरामी भएको अवस्थामा निधन भयो । ‘दाहसंस्कार त दाजु (सौतेला)सतेन्द्रले नै गर्नु भयो,’ रिंकुले भनिन्, ‘सबै कर्मकाण्ड, श्राद्धसमेत दाजुले नै गर्नु भयो तर आर्थिक खर्च भने मेरो आमाले गर्नुभएको थियो । प्रत्येक महिनाको छाया, वर्षको बरखी सबै मेरो आमाले गर्दै आए पनि तर्पण भने दाजुले नै गरिरहनु भएको होला भनेर हामीले सोचेका थियौं, उनले बताइन्, ‘तर समाजका मानिसले दाजुले तर्पण नगरेको भन्ने कुरा आमालाई आएर भने पछि उहाँ चिन्तित हुनुभयो ।
‘अनि छोरी तिमीले नै आफ्नो बुवालाई तर्पण दिनुपर्छ भनेर भन्नुभयो,’ रिंकुले थपिन्, ‘त्यसपछि मैले पनि तर्पण गर्नुपर्छ भनेर निधो गरेर तर्पण दिन शुरू गरेको हो ।’
रिंकु आफैं जनकपुरकी पत्रकार पनि हुन् । उनी नेपाल पत्रकार महासंघ प्रदेश नम्बर दुईको कमिटिको उपाध्यक्ष पनि हुन् । उनले बिहे पनि जनकपुरकै एक जना पत्रकार घनश्याम मिश्रसँग गरेकी छन् । दुवैजना संचार माध्यममा काम गर्दै गर्दा प्रेम विवाह गरेका हुन् । रिंकु आफ्नो श्रीमानका साथ माइतमा आमासँगै बस्दै आएकी छन् ।
तर्पण दिनका लागि गंगासागर जाने कुरा श्रीमान घनश्यामलाई सुनाउँदा श्रीमानले पनि साथ दिए । घनश्यामले मोटरसाइकलमा चढाएर उनलाई गङ्गासागर लगे । त्यहाँ हजारौं मानिसहरू मात्र स्नान गरेर तर्पण गरिरहेका थिए । त्यहाँ घाटमा पण्डितजीलाई गायत्रीले सोधिन्, मलाई पनि तर्पण गर्नुछ ।
अनि पण्डितले पनि कुनै प्रश्न नगरेर ठिकै छ, महिला भयो त के भयो तर्पण दिन सकिन्छ भनेर जवाफ दिए । अनि गायत्रीले लगेको काँक्रो र फुल्की समेत लिएर पण्डितले गराएको मन्त्रोचारण अनुसार उनले आफ्ना पितृ पक्षलाई तर्पण दिएकी थिइन् ।
समाजमा कतिपय मानिसले नकारत्मक रुपमा टिप्पणी गरे पनि कतिपयले सकारात्मक रुपमा नै लिने गरेको रिंकुले बताईन् । गत वर्ष पनि पण्डितजीलाई बोलाएर पिण्ड दान गरेको, त्यति बेला पण्डित जीले कुनै पनि प्रतिबन्ध नरहेको बताएकाले आफुले ठिकै कुरा गरेको लागेको उनले बताइन्
गत वर्ष १६ श्राद्धका क्रममा आफुलाई महिनावारी भएन, यस वर्ष पनि महिनावारीको समय संयोगले कटेको उनले बताइन् । यदि १६ श्राद्धका क्रममा महिनावारी भए पनि आफुले श्राद्धको कर्म नरोक्ने उनी बताउँछिन् । महिनावारी हुँदैमा त्यस्ता कर्म रोक्न नहुने उनको तर्क छ ।
पितृ दोषबाट मुक्ति पाउन तथा श्राद्ध गर्नका लागि महिनावारी समस्याको रुपमा लिन नहुने उनी बताउँछिन् । समाजले के भन्छ भन्दा पनि आफुले आफ्नो आत्म सन्तुष्टिका लागि आमाको निर्देशनानुसार नै तर्पण गरेको उनी बताउँछिन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर