Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

महाेतरी र धनुषा सीमानाकाको डीआइजीले गरे निरीक्षण, कडाइ गर्न दिए निर्देशन

प्रतिक्षा खबर
२०७७ भाद्र १९, शुक्रबार १०:३९

प्रतिक्षा खबर
रामगाेपालपुर, भदौ १९ गते
सशस्त्र प्रहरीका डिआइजी कृष्णभक्त ब्रम्हाचार्यले धनुषा र महोत्तरीको सीमानाकाहरुको निरीक्षण गरेका छन् । सीमा सुरक्षा पोस्टहरुको निरीक्षण गर्दै उनले कोरोना संक्रमण समुदायस्त्तरमा फैलिदै गएकाले विगतमाझै सीमामा हुने आवत जावतलाई कडाई गर्न मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका हुन् ।
डिआईजी ब्रम्हचार्यले कोरोना संक्रमणको असर र सम्भावित क्षति एवं नागरीक र सुरक्षाकर्मीले अवलम्वन गर्नुपर्ने सुरक्षात्मक उपायहरुको वारेमा समुदायस्तरमा सचेतनामुलक कार्यक्रम संचालन गर्न समेत निर्देशन दिए ।
लकडाउनमा राज्यले तोकेका सीमानाकाबाट औपचारीक रुपमा नेपाल प्रवेश गरेकाहरुको कन्ट्याक्ट ट्रेसिंगमा ध्यान दिँदै त्यस्ता व्यक्तिहरुको खोजिगरी क्वारेन्टिन तथा आईसोलेशनमा राख्न सरोकारवालालाई सहयोग गर्न आग्रह गरे ।
सुरक्षा निकायहरु एवं छिमेकी मुलुकका समकक्षी सुरक्षाकर्मीहरुसँग निरन्तर सम्पर्क समन्वय र आवश्यक सहकार्य गरी सुरक्षा नागरिक समन्वयात्मक रुपमा कार्य गर्न पनि उनलले निर्देशन दिए ।
महोत्तरीमा ३८.४६ किलोमिटर नेपाल भारत सीमामा सशस्त्र प्रहरीका ६५४ जना जनशक्ति परिचालित छन् । अनाधिकृत आवत जावतलाई रोक्न मुख्य नाकाहरुको अलावा ७ वि.ओ.पि. सहित जिल्लाको सकरी, मधबा र कट्टीमा थप ३ फर्वाड अव्जरभेसन पोष्ट राखिएको छ भने २ वटा स्थापनाको क्रममा छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर