Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

आजदेखि सोह्रश्राद्ध सुरु, दिवंगत आफन्तको श्राद्ध गरिँदै

प्रतिक्षा खबर
२०७७ भाद्र १७, बुधबार १६:१२

असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृपक्ष आजदेखि सुरु भएको छ । यसअघि वार्षिक श्राद्ध (बरखी) गरिएका दिवंगत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ ।
मैथिल हिन्दू परम्परामा यो पक्षभरि तीर्थस्थलमा गएर दिवंगतजनको सम्झनामा श्राद्ध गरेर तर्पण, पिण्ड दिने गरिन्छ । यसपटक भने कोभिड– १९ महाव्याधिको संक्रमण छल्न मिथिला क्षेत्रमा जताततै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हुँदा घरघरै श्राद्ध गरेर तर्पण, पिण्ड दिने मैथिलहरूले तयारी गरेका छन् ।
यस पक्षभरि (पितृपक्ष) दिवंगत आत्माहरू मर्त्यलोक (पृथ्वी)मा विचरण गर्न आउने र आफ्ना सन्तानले दिएको तर्पण, पिण्ड तत्काल ग्रहण गर्ने विश्वासले हिन्दू मैथिल यस अवधिमा शुद्ध आचरणमा रही श्राद्ध गर्ने परम्परामा बाँधिएका कर्मकाण्डका ज्ञाताहरूको भनाइ छ ।
असोज कृष्णपक्षभरि पार्वण (महालय) र एकोपार्वण तथा तीर्थश्राद्धको परम्परा छ । यस पक्षबाहेक अन्यवेला तिथि परेका दिवंगतको सम्झनामा पार्वण र यसै पक्षमा तिथि परेका (दिवंगत भएका) पितृहरूको सम्झनामा एकोपार्वण श्राद्ध गर्ने हिन्दू मैथिल परम्परा रहेको कर्मकाण्डका ज्ञाता बताउँछन् ।
पितृपर्व मानिने यस पक्षमा भारतको बिहार राज्यमा पर्ने गया तीर्थस्थलमा श्राद्ध गर्न उत्तम मानिन्छ । यस्तो सम्भव नहुँदा नजिकको तीर्थस्थलमा श्राद्ध गरेर मैथिल आफ्ना दिवंगतको सम्झना गर्ने गर्छन् । असोज कृष्ण प्रतिपदादेखि औँसीसम्मका १५ तिथि भए पनि पूर्णिमा तिथि हुनेको श्राद्ध पनि औँसीमा गर्न सकिने हुँदा सोह्रवटै तिथिको प्रतिनिधित्व हुने गरी यस पक्षलाई ‘सोह्रश्राद्ध’ भनिएको कर्मकाण्डका ज्ञाताहरूको भनाइ छ ।
यस पक्षबाहेक दिवंगत हुनेहरूको तिथिमा एकोद्दिष्ट श्राद्ध गरिने र तिथि परेका पितृलाई एक पिण्ड दिने परम्परा छ, तर यस पक्षमा गरिने पार्वण श्राद्धमा भने मातृकुल (मावल), पितृकुल (पिताकुल), गुरुजन र अविवाहित दिवंगत दिदीबहिनीलाई पनि तर्पण र पिण्ड दिइने गरिन्छ । यस पक्षमै तिथि परेका (निधन भएका)हरूको सम्झनामा गरिने एकोपार्वण विधिको श्राद्धमा एकोद्दिष्ट र पार्वणका दुवै विधि मिश्रण रहेको झाको भनाइ छ । रासस

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर