Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

संघीय संरचना अब भत्काउनुपर्छ : उपेन्द्र यादव

प्रतिक्षा खबर
२०८२ असार २८, शनिबार २०:५९

२८ असार, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले समानतामा आधारित प्रणाली नभएसम्म लोकतान्त्रिक गणतन्त्रको अर्थ नरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलामा बोल्दै उनले प्रदेशहरूको संरचना घुमाइ घुमाइ बनाइएको बनाइएको जिकिर गरे ।

‘जबसम्म हुँदा खाने र हुने खानेबीचको विभदेका अन्त्य हुँदैन तबसम्म एउटा जाति, एउटा समुदाय र एउटा शासकलाई विशेष अवसर पाप्त हुन्छ, बाँकी वञ्चितिकरणमा परिरहन्छ । तबसम्म यो मुलुकमा न शान्ति, न स्थिरता, न विकास र न समृद्धि प्राप्त गर्न सकिन्छ,’ यादवले भनेका छन्, ‘त्यसकारण यो संरचना अब भत्काउनुपर्छ, अन्त्य गर्नुपर्छ । राजनीतिक लोकतन्त्रलाई सामाजिक लोकतन्त्र र समावेशी लोकतन्त्रको रुमपा रुपान्तरण गर्नुपर्छ ।’

उनले ८ वटा जिल्ला मात्रै मधेश नभएको बताउँदै बाँकी ६ वटा प्रदेशमा कम संख्या भएको समुदायको हाली मुहाली हुने गरी बनाइएको बताए ।

‘प्रदेशहरुको संरचना, यसरी घुमाइ घुमाइ बनाइएको छ, ७ वटा प्रदेश । एउटा प्रदेश मधेस प्रदेशमा त्यहाँका समुदायको प्रतिनिधित्व छ यद्यपि ८ वटा जिल्ला मात्रै मधेस होइन । बाँकी सबै ६ प्रदेशमा कम संख्या भएको समुदायको हाली मुहाली हुनेगरी बनाइएको छ । यो के हो त भन्दा संरचनागत विभेद हो । स्ट्रक्चरल डेस्क्रिम्नेशन हो,’ यादवले भने ।

उनले लोकतन्त्रलाई समावेशी लोकतन्त्र नबनाएसम्म, लैंगिक असमानता र विभेद अन्त्य नगरेसम्म मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि प्राप्त नहुने जिकिर गरे ।

‘जबसम्म नेपालमा यो प्रदेशहरुको आकार पहिचान र सामर्थ्यका आधारमा हुँदैन, लोकतन्त्रलाई समावेशी लोकतन्त्र बनाइँदैन, जनसंख्याका आधारमा प्रतिधित्व हुन पाउँदैन, जबसम्म सबै भाषाहरुलाई समानताका साथ जबसम्म मान्यता दिइँदैन, जबसम्म पुरुष र महिलाको बीचमा राज्यले महिलालाई विभेद जबसम्म गर्छ, राज्यले कायम राख्छ, राज्यले जबसम्म लैंगिक असमानता र विभेद अन्त्य गर्दैन, जबसम्म मधेसी र गैरमधेसी बीचको भेदभावको अन्त्य हुँदैन, जसबम्म दलित र गैरदलितको भेदभावको अन्त्य हुँदैन, जबसम्म आदिवासी र अन्यको बीचमा भेदभावको बीचमा विभेद अन्त्य हुँदैन,’ यादवले भनेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर