Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

रौतहटमा ३ सय बेड क्षमताको सुविधासम्पन्न आइशोलेसन संचालनमा

प्रतिक्षा खबर
२०७७ भाद्र ७, आईतवार १६:५७

प्रतिक्षा खबर
भदौ ७ गते ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रौतहटमा तीन सय बेड क्षमताको सुविधा सम्पन्न आइसोलेशन सञ्चालनमा आएको छ । देवाही गोनाही नगरपालिका धरहरीस्थित जयकिसान पोलिटेक्निकल क्याम्पसको भवनमा शनिबार साँझदेखि तीन सय शैय्याको आइसोलेशन सञ्चालनमा आएको हो ।
जिल्लाका सबै स्थानीय तहहरुसँग सहयोग रकम मागेर जिल्ला संकट व्यवस्थापन समितीले आइशोलेसन संचालन गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार जिल्लाका १८ वटै स्थानीय तहसँग तत्काल ५ लाख रुपैयाँ माग गरिएको थियो
माग अनुसार १८ मध्ये कटहरिया, बौधिमाई, गढिमाई, गौरलगायत ७ स्थानीयतहले शनिवार शुक्रबार सम्म जिल्ला अस्पताल विकास समितिको खातामा जम्मा गरेपछि आईसोलेसन सञ्चालन भएको डाक्टर कृष्ण साहले जानकारी दिए ।
शनिवार प्र जि अ ईन्द्रदेव यादव, जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्का, सशस्त्रका एसपी सूर्यसेन ओली, अनुसन्धानका एसपी अभिनय सिंह, नेपाली सेनाका कर्णेल सामन्तध्वज खाँण र केही नगर प्रमुखहरुले शनिवार संयुक्त निरीक्षण गरे पश्चात् आइसोलेशन सञ्चालनमा आएको हो ।
आइसोलेसनमा बस्ने बिरामीको एकजना मेडिकल अधिकृतको मातहतमा ४ जनाको टोलीले उपचार गर्ने डाक्टर कृष्ण साहले जानकारी दिए ।
त्यसैगरी प्रदेश २ को सामाजिक विकास मन्त्रालयले उपलब्ध गराउन लागेको पिसिआर जाँच मेसिन अगामी दुई साताभित्र सञ्चालन भैसक्ने डाक्टर साहले बताए ।
रौतहटमा हालसम्म कुल १५ सय १५ कोरोना संक्रमित मध्ये एकसय ५० बिरामी सक्रिय रहेको तथा अन्य कोरोना जितेर घर फर्किसकेको जिल्ला अस्पताल गौरका प्रमुख डाक्टर कृष्ण साहले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर