Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

रंगेलीमा तनाव, सीमा क्षेत्रमा प्रहरीमाथि आक्रमण प्रयास

प्रतिक्षा खबर
२०७७ भाद्र ४, बिहीबार १२:४८

४ भदौ, विराटनगर । प्रहरीले लकडाउनमा कडाइ गर्न खोज्दा मोरङको रंगेली नगरपालिका–५ आँपगाछी तनावग्रस्त बनेको छ ।
लकडाउनमा खुलेका मदिरा पसल बुधबार राति बन्द गराउँदा स्थानीय व्यवसायी आन्दोलित हुँदै प्रहरी चौकी घेराउ गर्न पुगेका थिए । प्रहरीले लाठी चार्ज गरेपछि बुधबार राति ७ बजेदेखि ११ बजेसम्म आँपगाछी तनावग्रस्त बनेको थियो ।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आवागमन र भीडभाडमा कडाइ गर्न खटिएको प्रहरी टोलीले खुल्ला रहेका मदिरा पसल बन्द गराउन खोज्दा विवाद सुरु भएको थियो ।
प्रहरीले स्थिति नियन्त्रणका लागि लाठीचार्ज गरेको थियो । प्रहरीले अनावश्यक लाठी प्रहार गरेको भन्दै विरोधमा उत्रिएका स्थानीयले आँपगाछी प्रहरी चौकी घेराउ गरेका थिए ।
यसैगरी विराटनगर महानगरपालिका–१७ इश्लामपुरमा बुधबार राति नेपाल र सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास भएको छ । सिल भएको नाकाबाट आउजाउ रोक्न खटिएका प्रहरीमाथि नेपाली र भारतीय नागरिक मिलेर आक्रमणको प्रयास गरेका प्रहरीले जनाएको छ ।
बुधबार बेलुका स्थानीयवासी लुकछिपी भारतीय बजार प्रवेश गरेका थिए । भारतबाट सामान लिएर फर्कदै गर्दा प्रहरीले रोकेपछि स्थिति तनावग्रस्त बनेकाे इलाका प्रहरी कार्यालय विराटनगर रानीका प्रहरी निरीक्षक दीपक थापाले भने ।
भारत तर्फबाट ठूलो संख्यामा मानिस नाकामा आएपछि जिल्ला प्रहरी कार्यालयबाट थप टोली मद्दतका लागि पुगेपछि भारतबाट आएकाहरु फर्किएका थिए ।
बुधबार मोरङमा भएका यी दुईवटै घटना नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । अनलाइन खबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर