Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

बुद्धको मूर्ति फेला पार्ने महोत्तरीका युवक भारतिय एसएसबीको नियन्त्रणम

प्रतिक्षा खबर
२०७७ भाद्र ३, बुधबार १९:४४

माछा मार्ने क्रममा गौतम बुद्धको मूर्ति फेला पार्ने महोत्तरीका एक युवकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ ।
मनरा सिस्वा नगरपालिका-९ बथनाहा निवासी बलिन्द सदा सीमा पारि रहेको एक पोखरीमा माछा मार्न जाने क्रममा उनले बुद्धको मूर्ति फेला पारेका थिए । ‘पोखरी छेउमा कुश उखेल्ने क्रममा उनले मूर्ति फेला परेका रहेछन्,’ महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने, ‘उनी मूर्ति लिएर हल्ला गर्दै गाउँ आएका थिए ।’
उनी हल्ला गर्दै आएपछि भारतीयतिरका जनताले आफूतिरको मूर्ति लिएर गएको जानकारी पाएपछि एसएसबीलाई जानकारी गराएका थिए ।
त्यसपछि मूर्ति कहाँ भेटाएको हो ? भन्दै एसएसबीले ठाउँ देखाउन बोलाएको र भारतीय सीमाबाटै उनलाई नियन्त्रणमा लिएर राखिएको जानकारी आफूले प्राप्त गरेको कटुवालले बताए । नेपालतर्फतबाट सशस्त्र प्रहरीको टोलीले भारतीय एसएसबीसँग युवकको रिहाइका लागि समन्वय गरिरहेको उनले बताए । ‘सदालाई रिहा गराउनेबारे हामी समन्वय गरिरहेका छौं’ उनले भने ।अनलाइन खबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर