Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

कोरोनाबाट निको भएका ९० प्रतिशतको फोक्सो ड्यामेज

प्रतिक्षा खबर
२०७७ श्रावण २३, शुक्रबार २०:५७

एजेन्सी
कोरोनाबाट निको भएका ९० प्रतिशतको फोक्सो ड्यामेज
काठमाडौं- चीनको वुहानमा कोरोनाबाट निको भएका ९० प्रतिशतको फोक्सो ड्यामेज भएकाे पाईएकाे छ ।
चीनको वुहानमा कोरोना संक्रमण भएर निको भएका मानिसमा गरिएकाे अनुसन्धानमा ९० प्रतिशत मानिसको फोक्सो अझैं निको नभएको रिपोर्ट सार्वजनिक भएको छ ।
ति मध्य निको भएका ५ प्रतिशत संक्रमितमा फेरि परीक्षण नतिजा पोजेटिभ देखिएपछि क्वारेन्टानमा राखिएको छ ।
वुहान विश्वविद्यालय अन्तर्गतको झोंगनान अस्पतालका निर्देशक पेंग जियोंगको टोलीले संक्रमण भएर निको भएकाहरुको स्वास्थ्य अवस्थामाथि गरिरहेको अनुसन्धानमा यस्तो देखिएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्स्काे हवाला दिदै ईकाेनाेमिक्स टाईमले जनाएकाे हो ।
उनीहरुले गत अप्रिलबाट संक्रमण निको भएका केही मानिसहरुमाथि अनुसन्धान थालेका थिए ।
त्यसअनुसार ती मध्ये ९० प्रतिशत मानिसको फोक्सो अझै पनि निको नभइसकेको देखिएको हो, भने ५ प्रतिशत मानिसमा फेरि संक्रमण देखिएको छ ।
निको भएका बिरामीहरू अस्पतालबाट डिस्चार्ज भएपछि तीन महिना पछि पनि अक्सिजन मेसिनको भर पर्नुपर्ने अवस्था रहेको छ ।
उक्त रिपोर्ट अनुसार निर्देशक पेंगको टीमले १०० जना कोरोना निको भएका मानिसहरुमाथि अध्ययन गरेको थियो।
पहिलो चरणको यो अनुसन्धान जुलाईमा सकिएको र संक्रमित मानिसहरुको औसत उमेर ५९ वर्ष रहेको बताइएको छ ।
९० प्रतिशतको फोक्सो ड्यामेज अवस्थामा रहेको भन्नुको अर्थ उनीहरुको फोक्सोमा रहेका प्वालहरुले श्वासप्रश्वासका क्रममा अझै पनि सामान्य मानिसको जसरी काम गर्न सकेको छैन।
५ प्रतिशत मानिसको परीक्षण फेरि पोजेटिभ पाइएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ। यद्यपि उनीहरुमा फेरि संक्रमण भएको हो या हैन् भन्ने कुरा भने स्पष्ट छैन्। (एजेन्सी)

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर