Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

एकडारामा कुमारिकन्याद्वारा कलश सोभायात्रा संगै वडा दशै शुरु

प्रतिक्षा खबर
२०८० आश्विन २८, आईतवार १५:५४

गोपाल झा

असोज , २८ गते

प्रत्येक वर्ष झै यस वर्ष पनि आश्विन शुक्ल प्रतिपदादेखि सुरू हुने नेपालीहरूको महान् चाँड वडा दसैँ आज आईतबार देखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूणर्िमा सम्म धुमधामका साथ मनाउने गरिन्छ । यसै गरी महोत्तरी जिल्लाको एकडारा गाँउपालिका वडा न .१ मा स्थित दुर्गा मन्दिरमा आज आईतबार बिहान घटस्थापनाको दिन करीब एक  हजार भन्दा बढि कुमारी कन्या सहित श्रधालुहरु कलश यात्रामा सहभागी भएका थिए ।

     घटस्थापना भएको दिन देखि नौ दिन सम्म माता दुर्गा भवानीको विशेष पुजा पाठ गरिने गरिन्छ । उक्त कलश यात्रा एकडारा १ स्थित दुर्गा मन्दिरको प्रगांन बाट शुरूभई ब्रम्हस्थानमा बिधिबत पुजा अर्चना गर्दै गाँउको पश्चिममा लाग्दै गरेको बजार हुदै वडानं २ बेला गाँउको परिक्रमा गर्दै पुनः एकडारा पाठशाला चौकमा रहेको पोखरीमा कलश सोभायात्रामा सहभागी कुमारिकन्याहरु जल भरेर दुर्गा मन्दिर प्राङ्गरमा कलश राखिए पछी समापन भएका छन ।

कलश सोभायात्राको क्रममा स्थानिय ब्यबसायीहरु सुलोचन तिवारी , जगत साह  बेचन साह र राजकिशोर साह कलश सोभा यात्रामा सहभागी कुमारिकनयाहरुलाई फ्रुटी र फलफुल बितरण गरेको दुर्गापुजा समितीका अध्यक्ष सुखचन्द्र मण्डल बताएका हुन् । साथै कलश यात्रामा सहभागी भएकाहरुलाई स्वास्थ्य अबस्थाको मध्यनजर गर्दै स्वास्थ्य कर्मी बिपिन मण्डलको टोली समेत कलशयात्री संगै घुम्ती टोली संचालन गरेको थियो ।

      बिगत २८ बर्ष देखी एकडारामा प्रत्येक बर्ष शरद ऋतुमा मनाईने दुर्गापुजामा करीब छौ लाखको हारारीमा हुने खर्च एकडारा बेलाका सम्पुणर् गाँँउबासीले सक्यअनुसार नगद ,चामल , दाल आलु सहीत माता दुर्गाभबानीको पुजाका लागी सहयोग गरीदैँ आईरहेको छ । साथै यस बर्ष एकडारा गाँउपालीकाले पनी दुर्गा पुजाको लागी रु १ लाख र वडानं १को कार्यालयबाट पचासहजारको आर्थीक सहयोग गर्ने आश्वासन दिएको पुजा समितीका अध्यक्ष मण्डल जानकारी गराएका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर