Advertisement
ताजा खबर
महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान स्वास्थ्यमन्त्रीको स्पष्टीकरण : ट्रमा सेन्टर ढल्केबरमै बन्छ विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन

भाेलिदेखि पेट्रोलियम पदार्थकाेे मूल्य घटने

प्रतिक्षा खबर
२०७६ चैत्र २, आईतवार १८:५०

भोलि सोमबारदेखि सरकारले नेपालमा बिक्री हुने सबै प्रकारको पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य गिरावट भइरहेको तथा भारतको रिफाइण्ड तेलको मूल्यमा समेत केही गिरावट आएकोले नेपाल सरकारले पनि मूल्य समायोजनको तयारी गरेको हो।
नेपाल सरकारले अन्तर्राष्ट्रिय बजारभाउअनुसार पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गर्दै आएको छ। १५÷१५ दिनमा हुने मूल्य समायोजन गत १ तारिखमा भने भएन। जसको कारण सरकारले बढाएको करमा नै त्यसलाई मिलान गरेको नेपालको पेट्रोलियम पदार्थको बिक्रेता नेपाल आयल नियमले जानकारी गराएको छ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले भन्ने अघिल्लोपटक सरकारले पूर्वाधार करमार्फत प्रतिलिटर ५ रुपैयाँ कर थप गरेकोले मूल्य समायोजन गर्न नसकिएको जानकारी दिए। उनले भने, ‘तर भोलि (सोमबार) भने अवश्य हुनेछ।’
नेपालले हरेक १५÷१५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्यसँग पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ। नेपालले इण्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको रेटअनुसार पेट्रोल र डिजेलको मूल्य समायोजन गर्दै आएको छ। त्यही रेट (दर)अनुसार नै गर्ने भन्ने विषयमा निगमले छलफल गरिरहेको उनले जानकारी दिए। आईओसीले पनि नयाँ रेट भोलि नै पठाउले उनले जानकारी दिए।
कोरोना भाइरसको कारण कच्चा तेलको मूल्यमा गिरावट आइरहेको बेला भारतमा पनि पेट्रोलियम पदार्थको खुद्रा मूल्य घटिरहेको छ। शनिबार भारत सरकारले पेट्रोलमा अन्तःशुल्क कर ३ भारुले बढाएको थियो। यसका बाबजुद पेट्रोल र डिजेल मूल्य भने घटिरहेको छ।
भारतमा २७ फेब्रुअरीयता लगातारजसो मूल्य घटिरहेको भारतीय सञ्चारमामाध्यमको भनाइ छ। आइतबार पनि भारतीय सहरमा औसत १२ पैसाको दरले पेट्रोलको र १५ पैसाका दरले डिजेलको मूल्य घटेको छ। भारतीय सहर नयाँ दिल्लीमा पेट्रोलको मूल्य आज ६९.७५ भारु र डिजेलको ६२.४४ भारु प्रतिलिटर कारोबार भएको छ। आज मुम्बईमा सबैभन्दा बढी ७५.४६ भारु (पेट्रोल) र ६५.३७ भारु (डिजेल) कारोबार भएको छ। भारतमा पेट्रोल र डिजेलको दैनिकजसो मूल्य परिवर्तन हुन्छ र बिहान ६ बजे नै अपडेट भइसकेको हुन्छ।
यसैबीच, गत हप्ता २९ वर्षयताकै उच्च दरमा घटेको कच्चा तेलको मूल्य आइतबार केही बढेको छ। बीबीसीका अनुसार ब्रेन्ट क्रुड १.९० प्रतिशतले बढेर ३३.८५ अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भएको छ। त्यस्तै वेस्ट टेक्सास इन्टरमेडिएट क्रुड आयल शून्य दशमलव ७३ प्रतिशतले बढेर ३१.७३ अमेरिकी डलर प्रतिब्यारेल कारोबार भएको छ। त्यस्तै प्राकृतिक ग्यासको मूल्य पनि बढेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर