Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

१०दिनमा वीरगञ्जमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

प्रतिक्षा खबर
२०७७ श्रावण १७, शनिबार २२:२८

समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको मानिएको वीरगञ्जमा शनिबार मात्र कोभिड-१९ बाट दुई जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
वीरगञ्ज-१६ नगवा बस्ने ६० बर्षीया महिलाको शनिबार साँझ ६ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए
नारायणी बयोधा अस्पतालको आइसोलेसनमा उपचाररत उनलाई साउन १६ गते शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालले शनिबार उनलाई कोरोना विशेष अस्पताल गण्डकमा रिफर गर्‍यो । तर गण्डकमा ल्याइएका संक्रमितलाई बुझ्ने क्रममा मृत्यु भइसकेकेा पाइएको डा. निरज सिंहले जानकारी दिए ।
श्वास प्रश्वासमा समस्या भएपनि उनलाई १४ गते भवानी अस्पतालमा लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएको भन्दै भर्ना नलिएपछि नारायणी बयोधा अस्पताल पुर्‍याइएको थियो । त्यहाँ पनि अस्पतालले भर्ना लिन मानेन । आरडीटी परीक्षण रिपोर्ट माग्यो ।
वीरगञ्ज हेल्थ केयर हस्पिटलमा गएर आरडीटी गराउँदा रिपोर्ट नेगेटिभ आएपछि राति १ बजेतिर भर्ना लिएको मृतकको कान्छो छोराले बताए ।
अक्सिजन छैन भनेर भर्ना गर्न मानिरहेको थिएन, आमालाई सास फेर्न गाह्रो भइरहेको थियो’ उनले भने ‘बल्लबल्ल आरडीटी रिपोर्ट ल्याउनु अनि भर्ना गर्छु भनेपछि १५ सय तिरेर आरडीटी गराएँ ।
यस्तै नारायणी वयोधा अस्पतालमै मृत्यु भएकी वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान १०:१२ बजे मृत्यु भएको थियो । र, शुक्रबार राति रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।
सुगरबाट ग्रसित महिलामा निमोनिया र हाईपर टेनसन समेत रहेको नारायणी अस्पतालका डा निरज सिंहले जानकारी दिए ।
यसैबीच वीरगञ्ज-१६ नगवा गणेश टोलमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । बारा घर भई वीरगञ्जमा बस्दै आएका ६५ बर्षीय विद्यासागर जयसवालको मृत भेटिएका हुन् ।
बिजुलीको मिस्त्रीको काम गर्दै आएका उनी एक महिना अघि दिल्लीबाट आएका थिए । घरको ढोका खुल्लै देखेर छिमेकीले हेर्दा सुत्ने कोठाको भुँईमा मृत अवस्थामा भेटिएका थिए ।
स्वास्थ्यकर्मीको टोलीले पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर लगिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए । ‘दिल्ली ट्राभल हिस्ट्री भएको जानकारी आएको छ, त्यसैले कोरोनाबाट मृत्यु भएको आशंकामा स्वाब संकलन गरिएको छ’ उनले भने प्रहरीले अनुसन्धान गर्दैछ ।सभार अनलाइन खबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर