Advertisement
ताजा खबर
जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग

कोरोनाको जोखिमलाई बेवास्ता गर्दै सिरहामा जसपाको सभा

प्रतिक्षा खबर
२०७७ श्रावण १६, शुक्रबार १०:३३
  1. जसपाको पार्टी प्रवेश कार्यक्रममा सहभागीहरु
    कोरोना कहरबाट गुज्रिरहेको प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)ले भिड जम्मा पार्दै पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ ।
    सिरहाको गोलबजार नगरपालिकाको चौहर्बामा बिहीबार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा दर्जनौंको उपस्थिति थियो । अग्रपंक्तिमा बसेकाले मास्कको प्रयोग गरे पनि बीचमा र पछाडि बसेका धेरैले मास्कको प्रयोग गरेका थिएनन् ।
    पार्टी प्रवेश कार्यक्रमको नाममा सामाजिक दूरीको खिल्ली उडाएको देखियो । कार्यक्रमस्थलमा ठूलो मञ्च बनाइएको थियो भने मञ्च अगाडि ठूलो पण्डाल निर्माण गरिएको थियो ।
    पण्डालभित्र सामाजिक दूरी पालन नगरी कुर्सीहरु राखिएका थिए । मञ्चमा आसिन नेताहरुले केही सामाजिक दुरी पालना गरेको देखिए पनि तल पण्डालभित्र बसेका कार्यकर्ताहरु भने एकअर्कासँग टाँसिएरै बसेका थिए । सरकारले लकडाउन खुला गरे पनि सभा सम्मेलन गर्न प्रतिबन्ध कायमै राखेको छ ।
    पार्टी अध्यक्ष उपेन्द्र यादवले आफ्नो भाषणको समयमा कोरोना भाइरस सम्बन्धी चेतनामूलक भाषण ठोके । उनले संक्रमण हुन नदिन व्यवहारमा परिवर्तन गर्नुपर्नेदेखि संक्रमित भइहाले अस्पतालसम्म पुर्याउनुपर्ने धारणा राखे । सोही क्रममा उनले कुनै तयारी बिना नै सरकारले लकडाउन खोलेको आरोप लगाए । ‘सरकारले लकडाउन खोलेको छ, तर तयारी केही छैन’ उनले भने ।
    यादवले एकात्मक र केन्द्रीकृत शाषण प्रणाली परिवर्तन हुनु ठूलो उपलब्धी भएको भन्दै यसलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने समेत बताए ।
    कार्यक्रममा पार्टीका नेता बाबुराम भट्टराईले कम्युनिष्ट श्रम गरेर खाने पार्टी भए पनि यहाँको कम्युनिष्ट चोरेर, ठगेर खाइरहेको आरोप लगाए । उनले भने, ‘कांग्रेस आफ्नै पापले थला परेको छ । कम्युनिष्ट अर्काको चोरेर, ठगेर खाइरहेका छन् ।
    कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै उनले आफ्नो पार्टीले कतै पनि भ्रष्टाचार नगर्ने दावी गरे ।
    कार्यक्रममा सहभागी अर्का नेता राजकिशोर यादवले सरकारको चरित्र ठीक नरहेको बताए। पार्टी प्रवेश गर्नेहरुमा नेपालिकांग्रेस,नेकपा र रा प्र पाबाट रहेका छन । विभिन्न पार्टी परित्यागगरी अाउनेहरुलाइ माला र टीका लगाइ पार्टी प्रवेश गराएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर