Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

बिरगंजमा अाइसुलेसनकाे अभाव

प्रतिक्षा खबर
२०७७ श्रावण १२, सोमबार १५:५७

चैत २९ गते तीन जना भारतीय जमातीमा कोरोना भाइरसको संक्रमण देखिएपछि हटस्पट बनेको वीरगञ्जमा कोभिड–१९ नियन्त्रण उन्मुख थियो । क्वारेन्टिनस्थलहरु रित्तिन थालेका थिए, संक्रमण पुष्टि भएर अस्पताल तथा आइसोलेसन सेन्टरमा पुगेकाहरु अधिकांश घर फर्किएका थिए ।
तर साउन पहिलो साताबाट एकाएक पर्साको वीरगञ्जमा कोरोना भाइरसका संक्रमित मात्र बढेका छैनन्, केही संक्रमितको मृत्युसमेत भइसकेको छ । संक्रमित बढेसँगै आइसोलेसनमा बेडको समेत अभाव हुन थालेको छ ।
वीरगज उपमहानगरपालिका–१३ का ३० बर्षीय पुरुषमा ८ साउनमा कोरोना संक्रमण पुष्टि भयो । साउन १ गते संक्रमण पुष्टि भएकी १८ बर्षीया किशोरीको कन्ट्याक्ट ट्रेसिङका क्रममा ६ साउनमा उनको स्वाब संकलन गरिएको थियो । ८ गते संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा लगिएको छैन ।

उनले होम क्वारेन्टिनमा बस्न अनुमति मागेका होइनन् । होम आइसोलेसनमा राख्न पनि मापदण्डअनुसार व्यवस्था भए नभएको अनुगमन गर्नुपर्छ । तर उनको स्वास्थ्य अवस्था र बसाई व्यवस्थापनबारे कसैले सोधीखोजी गरेको छैन । भन्छन्, ‘घरमा छुट्टै कोठामा बसेको छु, स्वास्थ्यमा समस्या छैन ।वीरगञ्ज–१२ मुर्लीका १६ बर्षीय युवकमा पनि साउन ८ गते कोरोना संक्रमण पुष्टि भयो । उनका बुबालाई कोरोना संक्रमण पुष्टि भएपछि उनीसहित परिवारका १३ सदस्यलाई त्रिजुद्ध मावि क्वारेन्टिनमा राखिएको थियो । र, उनीहरुमध्ये ४ जनामा कोरोना देखियो । तर आइसोलेसनमा लगिएन । त्रिजुद्ध क्वारेन्टिनकै अर्को विल्डिङमा उनीसहित ८ जनालाई राखिएको छ ।
एउटा कोठामा दुई जनालाई राखिएको छ । ‘संक्रमित र क्वारेन्टिनमा बसेकाहरुले प्रयोग गर्ने शौचालय एउटै छ । बाहिर खुल्ला ठाउँमा नुहाउनुपर्छ’ उनले भने, ‘महिलाका लागि नुहाउने ठाउँको समेत व्यवस्था छैन ।’
स्वास्थ्य कार्यालय पर्साका अनुसार त्रिजुद्धमा १४ जना महिलासहित ३६ जनालाई राखिएको छ । जसमा ट्रेसिङमा परेका १५ जना र भारत तथा अन्य मुलुकबाट आएका २१ जना छन् ।
संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–११ का १९ बर्षीय अर्का युवक आइसोलेसनमा बत्ती, पंखालगायतको व्यवस्थापन स्वयंले गर्नुपरेको बताउँछन् । उनले अघि भने ‘तागतिलो खानेकुरा, औषधि केही छैन । यो भन्दा राम्रो त घरमै हुन्थ्यो । ११ साउनमा बागवाना हेल्थ पोष्टको वर्थिङ सेन्टरमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भयो । २ बर्षीया छोरीसहित उनलाई बढनिहार क्वारेन्टिनमा राखिएको छ । उनीसँगै संक्रमण पुष्टि भएका अन्य ४ जना स्वास्थ्यकर्मी त्यही छन् । तर स्थानीयले उनीहरुलाई त्यहाँ राखेकोमा विरोध गरेका छन् । पर्सागढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख जन स्वास्थ्य अधिकृत योगेन्द्र पञ्जियार भन्छन्, ‘स्थानीयले क्वारेन्टिनसम्म ठीक छ, संक्रमितलाई राख्न दिदैनौं भनेर विरोध गरिरहेका छन् । समस्या समाधानका लागि प्रमुख प्रशासकीय अधिकृतसमेतको उपस्थितिमा छलफल गरिरहेका छौं ।सभार अनलाइन

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर