Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

धूम्रपानले काेराेना भाइरस संक्रमितमा समस्या

प्रतिक्षा खबर
२०७७ श्रावण १०, शनिबार १३:०४

धूम्रपानका कारण हरेक वर्ष विश्वभरि करिब ८० लाख जनाको मृत्यु हुने गर्छ । धूमपानको कारण निम्तिएको रोग भएको मान्छेमा कोभिडले धेरै क्षति गर्ने विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन् ।
नेपालमा भएका ८० प्रतिशतभन्दा बढी मृत्यु पनि त्यस्तै देखिन्छ । अर्थात कुनै न कुनै दीर्घरोग झेलिरहेका मानिसहरु नै कोभिडको कारण मरिरहेका छन् ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार धूमपान गर्नेको रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ । चुरोट सेवनले रोग प्रतिरोधात्मक कोषिकालाई दबाउने र निष्क्रिय बनाउनुका साथै फोक्सोका कोषिकाहरूमा असर पार्छ ।
११ हजार ९० जना कोभिड बिरामीमा गरिएको एक अनुसन्धानका अनुसार भर्खरै धूमपान गर्न सुरु गरेकाहरुलाई भन्दा लामो समयदेखि धूमपान गर्नेहरु ज्यादा सिकिस्त भएको देखियो
कोरोना संक्रमण हुँदा प्रत्यक्ष असर हुने भनेको रोग प्रतिरोधात्मक क्षमतामा हो, शरीरमा भाइरसको प्रवेश गरेपछि मानिसको कोषिकाहरु ड्यामेज गर्छ,’ डाक्टरले भने, ‘सुर्ती सेवन गरेर कमजोर बनेको मानिसको रोग प्रतिरोधात्मक क्षमता भाइरसले झन् कमजोर बनाउँछ र मानिसको मल्टी अर्गान फेल हुन सक्छ ।
छाती सम्बन्धी डाक्टर सन्त कुमार दासका अनुसार धूमपान नगर्नेभन्दा गर्ने व्यक्तिमा श्वासप्रश्वासको समस्या बढी देखिन्छ । क्षयरोग र ब्याक्टेरियल निमोनियाको खतरा पनि धूमपान गर्नेहरूमै बढी देखिन्छ । उनीहरूमा हैजाजस्ता रोगको सम्भावना अरूको तुलनामा करिब दुई गुणाभन्दा बढी हुन्छ ।
श्वासप्रश्वास र निमोनिया भएकाहरुमा भाइरसले चाडो संक्रमण गरेर गलाउनु सामान्य हो डा. दास भन्छन्, ‘कोरोना भाइरसले विशेषगरी श्वासप्रस्वासमा आक्रमण गर्ने भएकाले पनि यो भाइरसको संक्रमण छातीको समस्या भएकाहरुलाई काल नै हो ।
डाक्टर दासले भनेजस्तै नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि भएर मृत्यु भएका ६० प्रतिशतभन्दा बढी छातीको रोगी छन् । २० प्रतिशत अन्य दीर्घरोगी र बाँकी २० प्रतिशत अन्य किसिमका बिरामीहरु रहेका छन् ।
चीनमा कोरोना संक्रमितमा गरिएको एक अध्ययनअनुसार गम्भीर असर देखिएकाले आइसीयू र भेन्टिलेटरमा राख्नु परेका धेरै व्यक्तिको पृष्ठभूमि धूमपान गर्ने थियो । अन्य व्यक्तिलाई भन्दा धूमपान सेवन गर्ने व्यक्ति भाइरसबाट बढी पीडित थिए ।
गत मेमा सनफ्रान्सिस्कोका ११ हजार ९० जना कोभिड बिरामीमा गरिएको एक अनुसन्धानका अनुसार भर्खरै धूमपान गर्न सुरु गरेकाहरुलाई भन्दा लामो समयदेखि धूमपान गर्नेहरु ज्यादा सिकिस्त भएको देखियो । त्यसैगरी धूमपान नगर्नेभन्दा धूमपान गर्नेहरुको संक्रमण र मृत्यु दोब्बर भयो ।
अध्ययनको अनुसार भाइरसले श्वासप्रश्वासमा आक्रमण गर्छ । धूमपानले पनि श्वासप्रश्वास प्रणालीलाई नै कमजोर बनाउँछ । त्यसैले, धूमपान गर्ने व्यक्तिमा कोरोनाको प्रतिकूल असर पर्ने गरेको हो । मुटु रोग र क्यान्सरको जड पनि धूमपान हो । ती दुवै प्रकारका रोगी कोरोना संक्रमणको उच्च जोखिममा छन् ।
चुरोट सेवनले रोग प्रतिरोधात्मक कोषिकालाई निष्क्रिय मात्र पार्दैन, फोक्सोका कोषिकालाई पनि हानी गर्छ,’ अध्ययनले भनेको छ, ‘हाम्रो शरीरमा ‘एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम टु रिसेप्टार’ नामक प्रोटिन हुन्छ, जुन श्वासप्रश्वास नलीको कोषिकाको सतहमा पाइन्छ । कोरोनाले यही सतहमा रहेर मात्र भाइरस पैदा गर्न र फैलाउन सक्छ ।’
अध्ययनका अनुसार धूमपानले ‘एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम टु रिसेप्टार’लाई बढाउँछ । जसले गर्दा, कोरोना भाइरस फैलिन अझ बढी मद्दत पुग्छ ।
विश्वभर भएका विभिन्न अध्ययनको साझा निष्कर्ष भनेको धूमपान सेवन गर्ने मानिसमा कोभिड १९ ले गर्ने क्षति अन्य मानिसमाभन्दा दोब्बर हुन्छ । त्यसैगरी धूमपान सेवन गर्नेहरुमा कोभिडको लक्षण ज्यादा देखिने, आईसीयूमा बस्नु पर्ने र मृत्यु हुने सम्भावना धेरै हुन्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर