Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु

प्रतिक्षा खबर
२०७७ श्रावण ६, मंगलवार २१:०२

महोत्तरी र रौतहटमा खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ।
मंगलबार बिहान रातु नदीले बगाउँदा महोत्तरीको भंगहा नगरपालिका ६ बस्ने वर्ष ४० का विरेन्द्र कापडको मृत्यु भएको छ। जनकपुरबाट घर संग्रामपुर जाने क्रममा साइकल लिएर खोला तर्न खोज्दा बिहान १० बजे उनलाई बाढीले बगाएको थियो।
बाढीमा बेपत्ता भएका कापडको शव अपराहन्न ५ बजे महोत्तरीको बल्बा नगरपालिका ४ भगवतीपुर नजिक खोला किनारमा मृत अवस्थामा भेटिएको महोत्तरीका प्रहरी प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। उनका अनुसार खोजतलासको क्रममा बगाएको ठाउँबाट झण्डै १४।१५ किलोमिटर दक्षिणमा कापडको शव भेटिएको हो।
अहिले शव फेला परेको ठाउँमा जिल्ला प्रहरीको टोली पुगेर मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर लैजाने तयारी भइरहेको उनले बताए।
यस्तै रौतहटको खहरे खोलाले बगाउँदा चन्द्रपुर नगरपालिका-३ का ५८ वर्षीय सुकुमान थिङको मंगलबार मृत्यु भएको छ। स्थानीय गैडाटारमा अस्थायी प्रहरी पोष्ट नजिकै रहेको अंकडा बाँधको खहरे खोलामा आएको बाढीले थिङलाई मंगलबार बिहान ११ बजे बगाएको थियो। उनको खोजतलासको क्रममा ३ घण्टापछि शव फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ।
स्थानीयले चाँदी नदीको पानीलाई सिंचाईको लागि खहरे प्रयोग गर्ने गरेकोमा खोलामा पानीको बहाव खोल्न जाँदा बाढीको बेगले उनलाई बगाएको थियो।
सभार नेपाल खबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर