Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

कोरोना संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यू

प्रतिक्षा खबर
२०७७ असार २७, शनिबार २०:४१

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । दुई जनाको पाटन अस्पताल र एक जनाको केएमसी अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष १६ असारमा पाटन अस्पतालमा भर्ना भएका थिए । मिर्गौला रोगका विरामी उनी फोक्सोमा पानी जमेपछि अस्पताल पुगेका थिए ।
अस्पतालमा भर्ना भएको भोलिपल्ट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा २६ गते निधन भएको छ ।
पाटन अस्पतालमा नै सिन्धुपाल्चोक, पाँचपोखरी-६ का ४५ वर्षीय पुरुषको पनि निधन भएको छ । उनी क्षयरोगको उपचारका लागि १८ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा गरिएको परीक्षणमा २२ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो र २५ गते उनको निधन भएको छ ।
यस्तै केएमसी अस्पताल, सिनामंगलमा निधन भएका गोकर्णेश्वर-४ का ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मिर्गौला रोगका विरामी उनलाई श्वास प्रश्वासमा समेत समस्या भएपछि १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर आईसीयूमा बेड नभएपछि केएमसी रिफर गरिएको थियो । उनको २१ गते नै स्वाब संकलन गरिएको थियो ।
तर रिपोर्ट नआउँदै २५ गते मृत्यु भयो । त्यसको भोलिपल्ट कोरोना संक्रमण रहेको रिपोर्ट आएको अस्पतालका निर्देशक मुकुन्दराज जोशीले जानकारी दिए ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म १६ हजार ७१९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ८ हजार ४४२ जना निको भइसकेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर