Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

जानकी नवमी : सीताबारेको बुझाईमा प्रभावकारी अध्ययनको आवश्यकता

प्रतिक्षा खबर
२०८२ बैशाख २३, मंगलवार ०७:५३

राकेशप्रसाद चौधरी

सीतालाई जानकी भनेर समेत सम्बोधन गरिन्छ । राजा सिरध्वज जनककी दूलारी छोरी सीता भएकीले जानकीको उपमा दिइएको हो । त्रेतायुगकी यस्तो पात्र जसको बिबाह अयोध्याका राजकुमार रामसँग भएको थियो ।

अध्ययन, अन्बेषणकर्ताहरूले त्रेतायुगकालिन सीतालाई मिथिक मान्ने पनि गर्छन् अथवा पात्रको सत्यतामाथि दाबी समेत गर्दे आएका छन् । यसबाहेक महालक्ष्मीको अवतार सौम्यस्वरूप र रौद्र अर्थात महाशक्ति चण्डीस्वरूपको आराधना गर्ने परम्परा छ । आधुनिक मिथिला क्षेत्रमा महालक्ष्मीको अवतार, बिष्णुप्रिया भनेर रामकी पत्नी सीतालाई पुजिने चलन अध्याधिक छ ।

“प्रथमा शब्दब्रहामयी स्वाध्यायकाले प्रसन्ना उद्भवनकरी सात्मिका द्वितीय भूतले हलाग्रे समुत्पन्ना तृतीया ईकाररूपिणी अव्यक्तस्वरूपा भवतीति सीता इत्युदाहरन्ति । शैनकीये ।” सीता उपनिषद

योगमायास्वरूप भनेर तीनरूपमध्ये पहिलो ब्रह्मरूप, दोस्रो हलको अग्रभागबाट उत्पन्न रूप, जसलाई अहिले सीता भनेर पुजापाठ गरिन्छ र तेस्रो ई कार रूप भनिएको छ । हुनतः प्राचीन ऋषिहरूले सीता नामलाई तंत्रसिद्धिमा प्रयोग गरेको पाइन्छ । यस उपनिषदमा समेटिएको वटा ३७ श्लोकमा सीतालाई ब्रह्म भनेरै सम्बोधन गरि उच्चतम श्रेणीमा राखेर प्रकृतिसहितका विभिन्न नाम र रूपबारे चर्चा गरिएको छ । यसमा वैखानस ऋषि, महर्षि भृगु र पुण्यले गरेको अर्चना–वन्दनबारे उल्लेख छ । यसको लेखकबारे उल्लेख नभएपनि यो रचना उपनिषदकालिन नै रहेकोमा शंका गर्ने ठाउँ छैन तथा यसलाई अथर्ववेदीय शाखा अन्तर्गत राखिएको छ ।

देवताहरूले प्रजापतिसँग सीताजीको स्वरूप र पहिचानबारे गरिएको प्रश्नको उत्तरहरूलाई समेटेर यो उपनिषद तयार भएको देखिन्छ । सीताजीलाई साक्षात् महामयी(योगमाया) भनिएकोले जनकपुरस्थित राममन्दिरमा रहेको प्राचीन योगमायाको शिलाप्रतिमा(मुर्ति) बारे गरिने विभिन्न अड्कलबाजीबारे निकर्षमा पुग्न यो उपनिषदले मद्दत गरेको छ ।

श्रीसीताकृपाकटाक्षस्तोत्रम्को स्तुति गरेर पुजापाठ, यज्ञ तथा महायज्ञ गर्ने रहेपनि मिथिलाञ्चल क्षेत्रमा यस्तो परम्पराले व्यापकता पाउन सकेको छैन । महामुनिश्वर मुनिन्द्रद्वारा वन्दित कृपाकटाक्षमा १९ वटा श्लोक समेटिएको छ । कुण्डको जलमा खडा भएर साधकले यो वन्दना गरे मंगल मनोरथ पूर्ण हुने तथा वचन सिद्धिको सामथ्र्य प्राप्त हुने विश्वास गरिन्छ ।

जानकी नवमीको दिन मात्र नभई साधकहरूले वाल्मीकि कृत देवी सीताको सहस्त्र नामको मन्त्र उच्चारण गरे पाठ गर्ने गर्छन् । यो तन्त्र सिद्धि र समान्य साधनाका लागि उपनाइने उपाय अन्तर्गत पर्दछ ।

लेखक राजेश्वरी भट्टले अयोध्यामा भएको एउटा घटनाबारे वर्णन गर्दै लेख्छिन्,“ सीताजी बुहारी भएर अयोध्या पुगेपछि पहिलोपटक खीर बनाइन् । दशरथजीलाई दिइएको खीरको कटोरामा एउटा घाँसको तिनका रहेको सीताले देखिन् । भोजन बनाउन नआएको भनेर आलोचना हुने भयले सीताजीले आफ्नो दृष्टिको तेजले त्यो घाँसको तिनका नष्ट गरिदिइन् । यो सबै विषयसँग राजा दशरथजी जानकार थिए, सोही कारण उनले सीताजी सँग वाचा गराइन् कि क्रोधमा कहिल्यै कसैमाथि दृष्टि नउठाइयोस् । यो वाचासँग नबाँधिएको भए रावणले हरण गरेकै बखत दृष्टिको तेजले उसको नास गर्न सकिन्थ्यो ।” सीतासँग जोडिएका यस्ता थुप्रै घटनाहरू वालमीकिवाहेकका बिभिन्न रामायणहरूमा भेट्न सकिन्छ । सीताको रौद्र रूपको चर्चा नभएको होइन् । सीता उपनिषदमा उनलाई सारा सृष्टिकै संचालनकको रूपमा प्रस्तुत गरिएको छ ।

एजी कृष्णा वारियर, कारलोस अलबेर्टो,प्रो. एसके प्रसुन, सान्था एन नायर, टीएमपी महादेवन, रमण महर्षि, पाउल ब्रुन्टन, मंगला बेंकेटरमियाह, लिंडा जनसन, पाउल डिउसेन, रोसेन दलाल, डेनिस कस, डेभिड स्कट, अलकोनडाभिल्ली गोबिन्दाचार्य, भीआर रावसहितका थुप्रै लेखक तथा अनुसन्धानकर्ताहले सीता र सीता उपनिषदलगायतको विभिन्न ग्रन्थमाथि अध्ययन गरेका छन् । धार्मिक र आध्यात्मिक चिन्तकहरूले मात्र नभई अन्य धर्मसँग सम्बन्धित लेखक तथा अनुसन्धानकर्ताहरूले समेत सीतासँग सम्बन्धित नयाँ नयाँ जानकारी साझा गर्न तत्पर रह्ने गर्छन् ।
जनकपुरधामको संत समाजले सीताजीमाथि नयाँ नयाँ खोज, अध्ययन र अनुसन्धान गर्न धन खर्चिनु आवश्यक देखिन्छ भने उनीहरूलाई नयाँ नयाँ संत साहित्यको रचना गर्न निरन्तर सामाजिक दबाबको आवश्यकता छ । साथै जनकपुृरधामको संत समाजले स्वतन्त्र लेखक तथा अनुसन्धानकर्तालाई पहिचान गरेर संवादहरूको थालनी भए जानकीजीले साँच्च्किै संत समाजबाट न्याय पाएको देखिनेछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर