Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

अाैरही नगरपालिका प्रमुख यादव विरुद्ध एकलाैटी हुकुमत चलाएकाे अाराेप

प्रतिक्षा खबर
२०७७ जेष्ठ २३, शुक्रबार २१:४८

नागेेन्द्र कुमार यादव

अाैरही नगरपालिका प्रमुख यादव विरुद्ध एकलाैटी हुकुमत चलाएकाे अाराेप
अाैरही नगरपालिका पटक पटक विवादमा फसिदैअाइरहेका छन ।अाैरही नगरपालिकाकाे मेयर सुनिल कुमार यादवले एकलाैटी हुकुमत गरेकाेले समस्या हुदैअाइरहेकाे उप मेयर झाकाे अाराेप रहेकाे छ ।
महोत्तरी जिल्लाको औरही नगरपालिकाका मेयर सुनिलकुमार यादव माथि उप–मेयर रेनु झाले बिज्ञप्ती जारी सतर्क गराएकी छिन । उप–मेयर झाले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा उनी विरुद्ध ६ वुन्दे आरोप लगाएकी छिन्।
उप–मेयर झाले लेखेका छिन कि प्रदेश सरकारले प्रत्येक वाडालाइ दिइने राहत प्रति वडा ७० घरधुरीको हिसावले जम्मा ६३० घरधुरीले पाउनु पर्ने राहत नबुझी गरिब जनतालाई राहतवाट बञ्चित गराई ठूलो अपराध गरेको बताएकी छिन् ।

उनले विकास निर्माणका कार्य प्रभावकारी ढंगवाट हुनु पर्ने कुरा उठाउदा मेयरद्वारा स्टिमेट उपलव्ध नगराएको तथा विना स्टिमेट प्रभावकारी ढंगवाट विकास निर्माण र स्टिमेट दिँदा विकास निर्माण कार्यमा व्रम्हलुट गरेको भण्डाफोड हुने डरले लुकाएको आरोप लगाएकी छिन् । उप–मेयर झाले भनेकि छिन् मेरो पहलमा आएको योजना झुलंगे पुल, श्रीपुर र कठूधार वडा ३ र ४ जोडने रु ६० लाख राशीको रकम फ्रिज गराउन लागेको हो ।’ उनले यस नापावाट हुनु पर्ने पूर्वाधार निर्माणका कार्यहरुको टेण्डर गोप्यरुपले निकालि अनियमितता समेत गरेको तथा स्थानीय सरकार सञ्चालन ऐनमा महिनामा कम्तीमा ३ पटक कार्यपालिकाको वैठक बोलाउनु पर्ने अनिवार्य व्यवस्था भएपनि पटक पटक मौखिक र लिखित रुपमा कार्यपालिकाको वैठक वोलाउन माग गर्दा पनि नबाेलाएको र घर घरमा माइनेट घुमाई कार्यपालिका सदस्यहरुलाई लोभ, लालच र धम्की दिई विधि प्रक्रिया विपरीत कार्य गरेको आरोप लगाएकी छिन् ।
उनले विश्व (कोभिड–१९) कोरोना भाईरसको महामारीवाट गुज्रिरहेको परिप्रेक्षमा नेपाल पनि अछुतो रहन नसकेको बताएकी छिन् । खास गरी प्रदेश नं. २ का जिल्लाहरु बारा, पर्सा, रौतहट, महोत्तरी र धनुषाको स्थिति कोरोना भाईरसको कारण कहाली लाग्दै अवस्थामा रहेको उनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्–‘यस विकराल स्थितिवाट जनता बचाउनु र जनताको अकांक्षा अनुसार कार्य गर्न मेरो दिनचार्या नै रहेको छ ।
म औरही नापा महोत्तरीको उप–प्रमुख (उप–मेयर) भएकी नाताले आफ्नो स्वास्थ्यको परवाह नैनरि यस विकराल स्थितिमा पनि जनताको चुल्हो बल्यो कि बलेन, विकास निर्माणका कार्यहरु जुन अहिले भई रहेको छ त्यो गुणस्तरीय छ कि छैन् भनेर म अनुगमन गर्दै र राहतको अवस्था वुझ्दै हिडिरहेको छु । सो क्रममा मैले जानकारी पाएका कुरा तमाम औरही नगरबासी समक्ष राख्न चाहन्छु।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर