Advertisement
ताजा खबर
रसुवा बाढीमा १३३ भन्दा बढी जलविद्युत् कर्मचारी र कामदार सम्पर्कविहीन हालसम्म ९५ जनाको शव भेटियो बालेनलाई मोदीको फोन, भने- सम्भव भएका सबै सहायताका लागि भारत तयार छ लुम्बिनीका तीन सांसदसँग जसपा नेपालले माग्यो २४ घण्टे पुनः स्पष्टीकरण मधेसवादी दललाई सरकार बाहिर राख्न कांग्रेस, एमाले र नेकपा एकमत सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण ड्युटीमा खटिएको प्रहरीलाई कुटपिट गर्ने युवकविरुद्ध ५ दिन म्याद थप दूधको मूल्य नपाएर सडक आन्दोलनमा उत्रिन बाध्य किसानहरूको पक्षमा सर्वोच्चकाे ऐतिहासिक फैसला साेनमा गाउँपालिकाबाट अशाेक कुमार यादव बने ‘स्टार वडाध्यक्ष’  रवि लामिछानेको चीन भ्रमण स्थगित

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ जेष्ठ २०, मंगलवार ०८:२७

प्रतीक्षा खबर
रामगाेपालपुर, जेठ २० गते ।
मंगलबार गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।
स्याङ्जा र पर्वतमा ५–५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्याङ्जा चापाकोटका नगरपालिकाका २२, २६, ३२ र ४० का ४ जना पुरुष र स्याङजा विरुवा गाउँपालिकाका २० वर्षीय पुरुष गरी ५ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
यस्तै, पर्वत जिल्लामै पहिलो पटक कोरोना भेटिएको छ । मंगलबार पर्वत फलेबास नगरपालिकाका २० र ४० वर्षीय पुरुष, महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका ३ जना पुरुष गरी पर्वत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको डा. शर्माले बताए ।
संक्रमितमध्ये बागलुङमा २ र लमजुङका एकजना गरी ३ जना निको भई घर फर्किसकेका छन् । गण्डकीका बागलुङ, स्याङ्जा, लमजुङ, तनहुँ, नवलपुर, पर्वत, म्याग्दी गरी ७ जिल्लामा कोरोना देखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर