Advertisement
ताजा खबर
धनुषामा हत्या आरोपका फरार प्रतिवादी गोली प्रहारबाट पक्राउ हिन्दू राष्ट्रको मुद्दामा असहमति जनाउँदै आएका सांसद अमरेशकुमार सिंहलाई गृहजिल्लामै कालो झण्डा, चार प्रदर्शनकारी पक्राउ गृहजिल्लामै सांसद अमरेशकुमार सिंहलाई हिन्दु सम्राट सेनाले देखायाे कालो झण्डा, विरोध प्रदर्शन गर्ने चार जना पक्राउ सोनमामा २२ करोड ४० लाखका सडक योजनाको शिलान्यास, पूर्वमुख्यमन्त्री सरोज यादवद्वारा विकास निर्माणलाई प्राथमिकता संविधान संशोधनदेखि हिन्दु राष्ट्र घोषणासम्मका माग राख्दै ‘हुंकार मधेश’ले बुझायो २३ बुँदे ज्ञापनपत्र अनुचित लेनदेनमा साह पक्राउ, सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन जनकपुरधाममा ८ करोड मूल्यको जग्गा विवाद : ३० लाख ऋणको धितो राखेको साढे पाँच कठ्ठा जग्गा १० वर्षदेखि फिर्ता नपाएको पीडित परिवारको गुनासो कमला नदीमा भूत मेला सुरु, बिहानैदेखि श्रद्धालु र धामीझाँक्रीको घुइँचो स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने निर्वाचन आयोगको प्रस्ताव फुटपाथमै व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै व्यापारीहरू आन्दोलनमा

☰

धनुषामा हत्या आरोपका फरार प्रतिवादी गोली प्रहारबाट पक्राउ

प्रतिक्षा खबर
२०८३ मंसिर १२, शनिबार २०:३२

जनकपुरधाम,
मंसिर १२ गते ।
धनुषामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिका–२, मतौनास्थित धनी पोखरीमा छठ पर्वका लागि पूजासामग्री कुरेर बसेका करिब ६० वर्षीय रामजतन यादवको हत्या गरेको आरोपमा फरार रहेका करिब ३० वर्षीय जयकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार गत कात्तिक २९ गते राति पोखरीमा छठघाट निर्माण गरी पूजासामग्रीको रेखदेख गर्न एक्लै बसेका रामजतन यादव कात्तिक ३० गते बिहान करिब ६ बजे मृत अवस्थामा फेला परेका थिए। घटनास्थलबाट रगतजस्तो पदार्थको दाग तथा कपालजस्तो वस्तु लागेको देखिने धारिलो हतियारसमेत बरामद भएको थियो।
घटनाको अनुसन्धानका क्रममा शहीदनगर नगरपालिका–२ निवासी बालक दास भन्ने जयकुमार यादवले पुरानो रिसइबीका कारण कुटी काट्ने कर्साले अनुहारमा प्रहार गरी रामजतन यादवको हत्या गरेको र त्यसपछि भारततर्फ फरार भएको खुलेको प्रहरीले जनाएको छ।
फरार प्रतिवादीको खोजीमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा मंसिर १२ गते साँझ करिब ६ बजे नगराइन नगरपालिका–२, जटहीबाट राघोपुर जाने बाटोस्थित नेपाल–भारत सीमाक्षेत्रमा उनलाई फेला पारेको थियो।
प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा प्रतिवादी भारततर्फ भाग्न खोजेपछि आत्मसमर्पण गर्न चेतावनी दिइएको थियो। तर, उनले नमानेपछि प्रहरीले सुरुमा एक राउण्ड हवाई फायर गरेको र त्यसपछि थप चार राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ।
गोली लागेर प्रतिवादीको बायाँ तिघ्रामा एक र दाहिने घुँडामुनि दुई गरी तीन स्थानमा चोट लागेको छ। उनको हाल प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले प्रेस विज्ञप्तिमार्फत उक्त घटनाबारे जानकारी गराएका हुन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर