Advertisement
ताजा खबर
नियन्त्रणमा रहेका पत्रकारलाई रिहा गर्न प्रधानमन्त्रीको निर्देशन मधेशमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

☰

मधेशमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

प्रतिक्षा खबर
२०८३ कार्तिक १४, शुक्रबार १९:४८
मधेशमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई एमालेले गत असोज २५ गते दिएको समर्थन फिर्ता लिएपछि तीन दल नयाँ सरकार गठनको तयारीमा जुटेका हुन् ।

जनमत पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशप्रसाद यादवका अनुसार तीन दलबीच नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको छ ।

यद्यपि, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने ठोस सहमति भइ नसकेको उनले बताए ।

एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जसपा र जनमत पार्टीका नेताहरूसँग नयाँ सरकार गठनका विषयमा संवाद भइरहेको र चाडपर्व सकिएपछि छलफललाई निष्कर्षमा पुर्‍याइने जानकारी दिए ।

नयाँ राजनीतिक समीकरणसँगै नयाँ सरकारको नेतृत्वमा भने तीनवटै दलबाट दाबी हुँदै आएको छ ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको जसपाले सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ ।

उक्त पार्टी संसदीय दलका नेता सरोजकुमार यादवले तीनवटै दलका अध्यक्षबीच केन्द्रबाटै प्रदेश सरकारको नेतृत्वका विषयमा सहमति जुटाउने समझदारी भएको बताए ।

एक सय सात सदस्यीय मधेश प्रदेशसभामा सरकार गठन गर्न कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्नेछ ।

अहिले यहाँ नेपाली कांग्रेसका २२, एमालेका २३, जसपाका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य रहेका छन् । त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक सदस्य छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर